०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

बाँकेमा कोरोना भेटे पछी तीन ठाउँमा घेराबन्दी गरेर सिल

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०७७

(महेन्द्र सिंह)
बाँके बैशाख २० नेपालगञ्जमा एकजनालाई कोरोना संक्रमण देखिएपछि नगरका तीन ठाउँमा डोरीले घेराबन्दी सिल गरिएको छ ।
वडा प्रहरीले धम्बोझी जुलाहनपुरुवा र डीएसपीरोडस्थित संक्रमितको घरलाई डोरीले घेर्दै सील गरेको हो । संक्रमितले जुलाहनपुरुवास्थित मस्जिदमा आउनुका साथै केटाकेटीलाई पढाउने भएकाले प्रहरीले टोललाई नै डोरीले घेरेर सील गरेको छ । डीएसपीरोडमा रहेको संक्रमितको घरलाई पनि डोरीले घेरेर सील गरिएको छ । धम्बोझीचोकमा रहेको मस्जिदलाई समेत डोरीले घेरिएको छ ।
फूलबारी मस्जिदमा चार वटा मस्जिदका धर्मगुरुको स्वाव संकलन गरेर परीक्षण गर्दा एकजनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ ।
संक्रमित लकडाउनको आसपासमा ससुराली नानपारा गएको बुझिएको छ । संक्रमित दैनिक जाने र आउने ठाउँमा सील गरिएको छ । प्रहरीले शुक्रबार साँझ तीन ठाउँमा डोरीले घेरेको थियो । आवश्यक परे अरु ठाउँमा शनिबार डोरी टाँगिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!