०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

दाङ जिल्लाको १० नाकामा सुरक्षाचौकीहरु स्थापना

Logo
प्रकाशित आइतबार, बैशाख २१, २०७७

(सागर थापा)
दाङ जिल्लाको १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै सुरक्षा पोष्ट पुगेको छ’, उनले भने ।
मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेसँगै नाकाको सुरक्षालाई कडा बनाउन चौकी थप गरिएको हो । यसअघि दुई नाकामा मात्रै चौकी खडा भएको थियो । हालै मात्रै आठ नाकामा सुरक्षा हुने गरी चौकी खडा गरिएको प्रजिअ रिजालले बताए । दाङ नाकाको ठूलो क्षेत्र ओगट्ने कोइलाबास र सुनपथरीमा पहिलेदेखि नै चौकी थिए ।
‘यसअघि नाकामा पोष्ट नहुँदा सुरक्षा चुनौती थियो’, उनले भने । अब पोष्ट पुगेसँंगै नाकाको सुरक्षा प्रभावकारी हुने अपेक्षा गरिएको छ । अहिले दाङका ३१ नाका पूर्ण रुपमा बन्द भएको छ । जिल्लाका ८३ किलोमिटर क्षेत्रमा ती नाका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । छाला चिलाउने समस्यालाई मेडिकल भाषामा प्रुराइटस भनिन्छ । यो एक सामान्य तर निकै असहज अनुभव गराउने खालको समस्या हो । यो शरीरको कुनै पनि भागमा हुन सक्छ । शरीरको कुनै एक भागमा वा धेरै भागमा एकै पटक पनि हुनसक्छ । कहिलेकाहीँ यो यति तीव्र हुन्छ कि यसले ठूलै समस्या निम्त्याउछ । निद्रा र […]

कैलाली । धनगढीबाट सञ्चालित ‘नयाँ सन्देश’ अनलाइनकी प्रधाानसम्पादक रमा चन्दलाई दुव्र्यवहार गर्ने २८ वर्षीय मनीष श्रेष्ठलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पत्रकार चन्दमाथि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दुव्र्यवहार भएको थियो । आफूमाथि भएको दुव्र्यवहारविरुद्ध चन्दले प्रहरीमा उजुरी दिएकी थिइन् । पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक […]

काठमाडौँ । उपत्यकाका प्रहरी प्रमुख एआइजी ईश्वर कार्कीले सम्पन्न भएको एनपीएल खेल र नेकपा एमालेको महाधिवेशन कार्यक्रमलाई सभ्य र मर्यादित बनाउन सुरक्षा योजना लिएर फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। एआईजी कार्कीले नेपाल प्रहरीले बनाएको सुरक्षा योजना अनुसार फिल्ममा खटेर आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले निर्वाह गरेको भन्दै एसएसपीदेखि जवानसम्मका कर्मचारीलाई धन्यवाद दिएका छन्।

error: Content is protected !!