३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

बढुवा भएका नेपाल प्रहरीका SSP र SP ले लगाए दर्ज्यानी चिन्ह

Logo
प्रकाशित आइतबार, बैशाख २१, २०७७

सागर थापा
काठमाडौं नेपाल सरकार,गृह मन्त्रालय मन्त्रीस्तरको २०७७ बैशाख १७ गतेको निर्णय अनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका १९ जना वरिष्ठ प्रहरी अधिकृतहरु र गृह मन्त्रालय सचिवस्तरको २०७७ बैशाख १८गतेको निर्णय अनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २४ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उनिहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त गर्ने जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरीउत्कृष्ट काम गर्न निर्देशन दिए ।
बढुवासँगै प्रहरी अधिकृतहरु थप रचानात्मक भई निष्ठा र पदीय आचरण पालन गरी राज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न सफल हुनुपर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नतिमा मूल्याङ्कनका सूचक र विधिबारे चर्चा गर्दै हरेक दृष्टि कोणले अब्बल भई पदोन्नति भए अनुसार आफ्नो जिम्मेवारी पूरा गर्ने तर्फ उन्मुख हुनुपर्ने बताए । राष्ट्रप्रतिको जिम्मेवारी कति छ सोचेर आफैं उदाहरणको रुपमा प्रस्तुत भई जिम्मेवारी पूरा गर्नदृढता र बफादारिता प्रदर्शन गर्दै उच्च मनोबलका साथ नागरिकको सेवामा लाग्नुपर्ने बताए ।
व्यक्ति भन्दा संगठन ठूलो हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले नैतिकता, व्यवसायिक निष्ठा, निष्पक्षता कायम राख्दै कुनै पनि प्रकारको प्रलोभनमा नपरी कानुन सम्मत रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । प्रकृया, पद्धति र विधिसम्मत रुपमा सम्पादन गरिने उत्कृष्ट कार्यबाट नै बहुआयामिक प्रहरी अधिकृत बन्न सकिने उल्लेख गर्दै उनले संगठन एवं राष्ट्रले समेत सोही अनुरुपको सक्रिय भूमिकाको अपेक्षा राखेको बताए ।
प्रहरी संगठनलाई एकात्मकबाट प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी अधिकृतहरुले यस सम्बन्धमा कार्यक्षेत्रमा देखिएका समस्या र चुनौतिबारे संगठनलाई सुझाव दिएर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा सक्रिय रुपमा अग्रपङ्तिमा खटिएको प्रहरी संगठन काकार्यको उच्च प्रशंसा भएको उल्लेख गर्दै उनले प्रहरी कर्मचारीहरुले थप संवेदनशील र व्यवसायिक भई परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने बताए । यस बिषम परिस्थितिमा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप सक्रिय तथा संवेदनशील भई कार्य गर्न समेत उनले निर्देशन दिए ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र कुमार बस्यालले संगठनले राखेको अपेक्षा पूरा गरी संगठनको गरिमा माथि उठाउनका लागिसदैव तल्लीन रहने उल्लेख गरे । पदोन्नति पछि प्राप्त थप जिम्मेवारीलाई पारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!