२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

संकटको अवस्थामा पत्रकारहरुलाई समयमा तलब देऊ उपाध्यक्ष:पोख्रेल

Logo
प्रकाशित सोमबार, बैशाख २२, २०७७

एबिसी संचार
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले अहिले कोरोनाको कारण संकटको अवस्था सिर्जना भएको भन्दै यस्तो बेलामा कुनै पनि सन्चारकर्मीलाई हटाउन र तलब दिन ढिलाई नगर्न सन्चारगृहहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको नेपालमा प्रेस स्वतन्त्रता र चुनौती विषयक डिजिटल छलफलमा भाग लिँदै उपाध्यक्ष पोख्रेलले पत्रकार महासंघले सन्चारगृहहरुलाई सन्चारकमीहरुलाई उचित हिसावले सम्बोधन गर्न भनिसकेको बताए ।
उनले यो असहज परिस्थितमिा पनि काम गने पत्रकारहरुलाई अतिरिक्त सुविधा दिनका लागि सोच्न पनि उनले मिडिया हाउसहरुलाई आग्रह गरे । पत्रकार महासंघकै ध्यानाकर्षणका कारण कान्तिपुर दैनिकले पत्रकारहरुलाई बेतलवी विदा बसाउने गरि गरेको तयारी फिर्ता लिएको पनि बताए । पत्रकार महासंघ पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाकै पक्षमा लागिरहेको पनि बताए । उनले अहिले सन्चार क्षेत्रले राज्यलाई आफनो अभिभावक मान्न सक्ने अवस्था नहुनु दुखद भएको बताए । पत्रकारहरुका लागि राहत प्याकेज ल्यान भनेर पटक पटक भन्दा पनि सरकारले नसुनेको र प्रधानमन्त्री केपी ओलीले ४ पटक बोल्दा तीन पटक पत्रकारहरुलाई गाली गरेको भन्दै असन्तुष्टि पनि पोखे ।
लकडाउनका कारण अहिले नेपालका मिडिया समस्यामा पर्दा पनि सरकार भएको महसुस गर्न नपाएको उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!