३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

नेपालमा २५ गते पछी लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

काठमाडौँ सरकारले ४१ दिनदेखि लगाउँदै आइरहेको लकडाउनको मोडालिटी (स्वरुप) परिवर्तन गर्ने संकेत गरेको छ। ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ। २५ वैशाखपछि भने सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी क्षेत्रअनुसार केही खुकुलो बनाउने तयारी गरेको हो। सरकारको योजनाअनुसार २५ वैशाखपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]