२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

विराटनगर भन्सारमा १ करोड ९ लाख भारतीय रुपैयाँ पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

विराटनगर भन्सारबाट सशस्त्र प्रहरीले एक करोड नौ लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
मंगलबार दिउँसो एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँ बरामद भएको हो ।
नाकामा भारतबाट प्रवेश गरेकाे डब्लूबी ७३ ई ७६३५ खाली गाडी चेकजाँच गर्ने क्रममा बाेराभित्र राखेकाे अवस्थामा सो रकम बरामद भएकाे प्रहरी स्राेतले बताएकाे छ ।
खाली गाडीमा गुट्खाको र्यापरले बेरेर लुकाएर ल्याइएको अवस्थामा सो रकम बरामद भएको हो ।
खाली गाडी भएका कारण भारत पक्षले परीक्षण नगरी नेपाल प्रवेशकाे अनुमति दिएकाे थियाे ।
नेपालमा भने जाँच गर्दा बाेराभित्र राखेकाे अवस्थामा रकम बरामद सशस्त्र प्रहरीका एसपी नेत्र कार्कीले जानकारी दिए ।
उनका अनुसार सो रकमसँगै २ जनालाई पनि पक्राउ गरिएको छ ।
सशस्त्र प्रहरीको टोलीले रकम बरामद गरेको विराटनगर भन्सारका प्रमुख शिव भण्डारीले बताए ।
साे रकम हुण्डी काराेवारीले ल्याएकाे हुनसक्ने प्रहरीले बताएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!