२५ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

लकडाउनमा कडाइ पासको नाममा मान्छे बोक्ने सवारीसाधन माथि चेकजाँच

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

सागर थापा
जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा लकडाउनमा थप कडाई गर्न थालेको छ । मंगलवारको सुरक्षा समितिको बैठकले अबदेखि बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म पास भएपनि सवारी चलाउन नदिने निर्णय गरेको छ । ‘अत्यावश्यक सवारी साधन बाहेक अब पास भएपनि त्यो समयमा कसैका गाडी गुड्न नदिने निर्णय भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दका अनुसार दाङमा पासको बाहानामा मानिसहरु रातको समयमा जथाभावी हिडडुल गर्न लागेको पाइएपछि यस्तो निर्णय गर्नु परेको हो ।’
पछिल्लो समय छिमेकी जिल्ला बाँकेमा ह्वात्तै कोराना संक्रमित बढेपछि दाङमा लकडाउनमा कडाई गर्न थालिएको छ । प्रहरीले सहर बजारमा बिना काम हिड्नेलाई लाठी समेत लगाउन थालेको छ । अत्यावश्यक काम नपरी सडकमा हिड्नेलाई सडकमै दिनभर होल्ड गर्ने र बेलुकी पख प्रशिक्षण दिएर छोड्न दिएको छ । मंगलवार जिल्लामा १ सय ८१ जनालाई सडकमै होल्ड गरि प्रशिक्षण दिएर छोडिएको दाङ प्रहरी प्रमुख एसपी चंन्दले बताए ।
त्यसैगरी जिल्लाका विभन्न स्थानमा गरि ८० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणवाट बच्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्दा सुरुका दिनहरुमा प्रहरीले त्यसैगरी सवारी साधन नियन्त्रणमा लिने गरेको थियो । तर यो बीचमा सवारी साधन नियन्त्रणमा लिने क्रम लगभग बन्द भइसकेको थियो । मानिसहरु पनि सडकमा लडकडाउन उलंघन गर्दै हिडिरहेका देखिन्थे । तर अबदेखि फेरि कडाई गर्ने संकेत जिल्ला प्रशासन दाङ र जिल्ला प्रहरीले दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैङ्कलाई रु एक अर्बभन्दा बढी हानी नोक्सानी पु¥याएको आरोपमा बैङ्कका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई आज ललितपुर महानगरपालिका—११ ईखांछेबाट पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैङ्कलाई हानी र आफ्नो स्वार्थ […]

एजेन्सी । म्यानमारमा अवैध अनलाइन स्क्यामिङमा फसेका ४७ नेपाली नागरिकको उद्धार गरिएको छ, जसमा ४५ पुरुष र २ महिला छन्। उद्धार गरिएका व्यक्तिहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले नेपाल फर्काएको छ, र उनीहरू विभिन्न २६ जिल्लाका बासिन्दा हुन्। पीडितहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी म्यानमार पुर्‍याइएको थियो, जहाँ उनीहरूलाई शारीरिक र मानसिक यातना दिइएको थियो। काठमाडौँ । विभिन्न […]

बारा कलैयास्थित यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता तथा दुरुपयोगका आरोपहरू सतहमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले तत्काल गम्भीर छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। सेवाग्राही र कार्यालयभित्रका कर्मचारीहरूले यस कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा व्यापक हेरफेर, दलाली र आर्थिक लेनदेन हुने गरेको आरोप सार्वजनिक रूपमा उठाएका छन्। उनीहरूको दाबी अनुसार, […]

error: Content is protected !!