३० जेठ २०८२, शुक्रबार
13-06-2025 , Fri
×

लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारको निर्णय

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

काठमाण्डौं सरकारले जेठ ५ गते सम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले देशभर जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको सुझाव अनुसार विगत ४४ दिन देखि हिँडडुल र सवारी आवतजावतमा लगाइएको प्रतिबन्ध १० दिन थप गरिएको हो। भारतमा लगातार सङ्क्रमणका सङ्ख्या बढेपछिप नेपालमा पनि चिन्ता बढिरहेको छ। त्यहाँ ४९ हजारलाई सङ्क्रमण भएको बताइएको छ भने १६ सयभन्दा धेरैको ज्यान गइसकेको छ। पछिल्लो समय भारतसँगका खुला सिमानामा नेपालले सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाएको छ। लकडाउनका कारणनै नेपालमा कोरोना रोग नियन्त्रण गर्न सफल भएको सरकारी अधिकारीहरुले बताउँने गरेका छन्। हालसम्म मुलुकभर ८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। त्यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। सरकारले जारी गरेको लकडाउन आदेशका कारण मजदुर वर्गमा नराम्रो असर परेको छ। सामाजिक दुरी कायम राख्दै लकडाउन खुकुलो बनाउँनुपर्ने आवाज उठेपनि कुनै सुनुवाई हुन सकेको छैन। सरकारले कोरोना नियन्त्रण गर्न परिक्षणको दायरा नबढाएको तथा लकडाउनलाई मात्र हतियारको रुपमा प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ। राहत तथा जनगुनासो सम्बोधनमा कुनै तत्परता नदेखाएको भन्दा असुन्तुष्टि बढिरहेको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालले लकडाउन थपेको यो पाचौं पटक हो। यसअघि थपिएको म्याद भोलि सकिँदै छ। चैत ११ गते यता सरकारले मानिसहरूको हिँडडुल र सवारी आवतजावतमा प्रतिबन्ध लगाउँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए । गत […]

  काठमाडौं । नयाँदिल्ली बम राखिएको धम्की आएपछि फ्लाइट नम्बर एआई–३७९ नम्बरको विमानलाई सुरक्षित रूपमा फुकेटमै आपतकालीन अवतरण गरिएको हो । विमानमा १५६ यात्रु सवार रहेका थिए । अवतरणलगत्तै यात्रुहरूलाई विमानको आपतकालीन गेटबाट  सुरक्षित रूपमा ओरालिएको थियो । बमको धम्की विमानको शौचालयमा फेला परेको कागजमा लेखिएको सन्देश मार्फत दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानले […]

  काठमाडौं । पहिलो कुरा व्यक्ति विशेषलाई इङ्गित गरेर हामीले हाम्रा माग राखेका होइनौँ । दोस्रो कुरा अध्यागमनसम्बन्धी प्रकरणमा भिजिट भिसाका सवालमा लामो समयदेखि जे भइरहेको रहेछ । जुन हामी वा राज्यले थाहा पाएपछि त्यसको समाधान हुनेगरी सरकारले काम गर्नैपर्छ । यो देशमा रोजगारी नपाएर भिजिट भिसाका नाममा विभिन्न देशमा गएर घरपरिवार चलाउनुपर्ने मानिसहरूलाई यो […]

error: Content is protected !!