१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

दाङ प्रहरीले लकडाउन उलंघन गर्नेहरुलाई २ घण्टा उभ्याएर प्रशिक्षण दिदै

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

(सागर थापा)
जिल्ला प्रहरी कार्यालय दाङले लकडाउन उल्लघंन गर्नेहरु बढ्न थालेपछि प्रहरीले कडाई गरेको छ । कोरोना संक्रमणबाट बच्न घर मै बस्न सरकारले आग्रह गर्दै लकडाउन जारी गरे पनि नागरिकहरु घर बाहिर निस्कीएपछि प्रहरीले सडकमै उभ्याउने र प्रशिक्षण दिने गरेको छ ।
भिडभाडमा जादाँ कोरोनाको संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउन घोषणा गरेको ४५ औ दिन पुगेको छ । दाङमा प्रहरीले बजारमा निस्कीएका व्यक्तिहरुलाई २ घण्टा सडकमै उभ्याउने गरेको छ ।
साथै उनिहरुलाई कोरोना संक्रमण बाट बच्ने उपाय सिकाउनुका साथै लकडाउनेको अर्थका बारेमा प्रहरीले प्रशिक्षण दिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गणेश चंन्दले जानकारी दिनुभएको छ । छिमेकी जिल्ला बाँके र रुपन्देहीमा कोरोना संक्रमित व्यक्तिहरु फेला परेपछि दाङमा उच्च सतर्कता अनाउनु अपरिहार्य भएको उहाँको भनाई छ ।
दाङमा खाद्यान्न र तरकारी किनेमेलका लागि आईतबार, मंगलबार र शुक्रबार सातामा तीन दिन बिहान पसल खुल्दै आएको छ । तर अटेरीका कारण बजारमा निस्कने व्यक्तिहरुका सवारी साधनलाई नियन्त्रणमा लिने र व्यक्तिलाई २ घण्टा सडकमै उभ्याउने गरेको दाङ प्रहरी प्रमुख एसपी चंन्दले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!