२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ वेलझुण्डी उपभोक्ताहरु धमिलो फोहर पानी खान वाध्य

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

(एबिसी संचार) दाङ वेलझुण्डी निवासि प्रेम खड्का विहान धारामा पानि भर्न निक्लीनु भयो । पानि भर्न लाग्दा गाग्रीमा फोहरै फोहरको धमिलो पानि देख्नु भयो । त्यो पानि खान योग्य नभएपछि अहिले खानेपानिको समस्या हुँदै आएको खड्काले गुनासो गर्छन् । धमिलो पानि आउने पटक–पटक समस्यामा पनि वेलझुण्डीस्थित खानेपानि संस्थाले गम्भिररुपमा चासो दिएको छैन् । खड्का मात्रै होइन् त्यहाका अधिंकाश उपभोक्ताहरु यो विषयलाई लिएर तुलसिपुर उपमहानगरसम्म पनि पुगिसकेका छन् ।
कोरोनाको महामारी वेलझुण्डी खानेपानि संस्थाका उपभोक्ताहरु धमिलै धमिलो फोहर पानि खान वाध्य तर, समस्या समाधानका लागि खासै पहल भएन् । खानेपानि संस्थाको नेतृत्व पनि समस्या देखेपनि नदेखेजस्तो गर्ने प्रबृत्तिले यो समस्या फेरी आउन थालेको उपभोक्ता खड्काले गुनासो गरे । कोरोनाको महामारीको वेला पनि धारामा आएको फोहर पानि खान यहाँका उपभोक्ताहरु वाध्य भएको भन्दै यसतर्फ गम्भिर भइदिन सम्वन्धित पक्षलाई आग्रह गरे । ‘कोरोनाको महामारीमा धारामा फोहर पानि, त्यसमा पनि माटो मिसीईएको छ, खान योग्य छैन, त्यहाका उपभोक्ताहरु सबैले यस्तो धमिलो पानि खान वाध्य भएका छन्, हुनेले त घरेलु उपाय, विधि प्रकृया गरेर खाला, नहुनेले त त्यसै खानुपर्ने वाध्यता आइलाग्यो–खड्काले आक्रोशीत स्वरमा भने–यो विषयमा सरोकारवाला पक्ष गम्भिर बन्न जरुरी छ, भोलि यहिी फोहर पानि खानुपरेमा मानिसहरु विरामि पर्ने हुन्छ, एउटा महामारी त छदैछ, सानो लापरवाहीले अर्को महामारी ननिम्तीयोस ।’ बेलझुण्डी खानेपानीको लापरवाहीले उपभोक्ताहरु समस्यामा परेका छन् । खानेपानि संस्थाको नेतृत्वको चरम लापरवाहीका कारण अहिले उपभोक्ताहरु यस्तो पानी खान वाध्य भएका हुन् ।
कोरोनाको महामारी वेलझुण्डी खानेपानि संस्थाका उपभोक्ताहरु धमिलै धमिलो फोहर पानि खान वाध्य राज्यले अत्यावस्यक सेवा प्रदायक संस्था बन्द नगर्ने निर्णय गरेपनी बेलझुन्ण्डी खानेपानि उपभोक्ता संस्थाको कार्यालय बुधवारसम्म पनि वन्दनै रहेको छ । सो संस्थाको हालसम्म पनि अधिवेसन हुन सकेको छैन् । संस्थाको नेतृत्वले वैधता पनि गुमाइसकेको एक थरीको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]