१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

लोपोन्मुख जंगली जनावर हुडारको जीवितै उद्दार

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

(एबिसी क्राईम ब्युरो) डिभिजन बन कार्यालय दाङले संरक्षण सूचीमा सुचिकृत लोपोन्मुख जंगली जनावर हुडारको जीवितै उद्दार गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनामा टाउकोमा चोटपटक लागि घाईते अवस्थामा जंगली जनावर देखिएको भन्ने स्थानियहरुले दिएको सूचनाका आधारमा डिभिजन वन कार्यालय, घोराही तुलसीपुर सव डिभिजन वन कार्यालय, दोघरेबाट गएको संयुक्त गस्ती टोली घटना हुडारको उद्दार गरेको हो । टाउकोमा छर्रागोली लागी घाईते अवस्थामा पल्टीरहेको भाले हुँडारको बुधबार उद्दार गरिएको डिभिजन बन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर के सि ले जानकारी दिनु भएको छ ।
घटनास्थलमा छटपटाई रहेको घाईते हुँडारलाई औषधोपचार एवं आवश्यक व्यवस्थापनका लागि आपत्कालीन उद्धार गरी डिभिजन वन कार्यालयमा ल्याईएको छ ।
घटनामा को को संलग्न भएका हुन भनी स्थानियहरु सँग सोधपुछ गर्दा घाईते अवस्थापामा गाँउ छिरेको त्यसलाई कसले घाईते वनाएको हो थाहा नभएको बताएका थिए । घटनाको विषयमा विस्तृत छानविन एवं अनुसन्धान कार्य भईरहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवं सुचना अधिकारी खिम बहादुर केसीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

error: Content is protected !!