२२ कार्तिक २०८१, बिहिबार
07-11-2024 , Thu
×

लकडाउन उलंघन भए पछी पास भएका पनि नाकाहरुबाट फिर्ता

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

काठमाडौं सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ ।
पास लिएकाहरुबाटै बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो । अब पास भएर पनि उपत्यका बाहिरबाट आउनेले अत्यावश्यक कामबाहेक प्रवेश पाउने छैनन् । प्रहरी प्रशासनले बुधबारबाट पास भएकालाई अत्यावश्यक कामबाहेक प्रवेशमा रोक लगाउन थालेको हो ।बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रिनेहरुले अत्यावश्यक काममा मात्र प्रवेश पाउने प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिन लागिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुलाई १० घण्टा उडान बन्द हुने जानकारी दिँदै विकल्पमा भैरहवाको गौतमबुद्ध र पोखरा […]

  लहान । यस्ता तस्कर, सबैका लागि सीमानाका बन्द भएपनि उसको लागि खुल्ला रहन्छ । जिल्लामा सिडिओ, प्रहरी प्रमुखहरू जोसुकै आउन् जाउन्, उनलाई मतलब हुँदैन । जस्तोसुकै परिस्थिति सिर्जना भएपनि उसको तस्करी रोकिँदैन । बिगत डेढ दशकदेखि निर्वाध रूपमा मदिरा तस्करीमा सक्रिय नाम हो– बिष्णु साह ।गमरियाका स्थायीबासी बिष्णुले यतिबेला भने नवराजपुर गाउँपालिकाको कुसुण्डी नाकाबाट […]

  दाङ । तुलसीपुर उपमहानगरपालिका ७ कि राधिका भण्डारी ठेलामा चटपटे पानीपुरी बेचेरै आम्दानी गर्न सकिने बताउँछिन्।घरमा त्यसै बस्नुभन्दा सुरुमा १५० देखि व्यवसायमा जोडिएपछि दुई चार रुपैयाँ पैसा आवश्यक परेको बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको उनले भनिन्। आफूले पहिले गाई बाख्रा र भैँसी पाल्दा पनि खासै उपलब्धि नभएपछि पानीपुरी व्यवसाय अझ सहज भएको उनी […]

error: Content is protected !!