२५ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

सप्तरीमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया महिला जानकी मगरको मृत्यु भएको स्थानीय राजु जयसवालले बताउनुभयो । जानकीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ । जायसवालका अनुसार तीनवटा हात्तीको समूहले लक्ष्मण मण्डल र बलराम इशरको घर भत्काएको छ । दुई दिनअघि हात्तीको समूहले अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलका वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरेर खाद्यान्न खाई क्षति पु-याएको थियो !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैङ्कलाई रु एक अर्बभन्दा बढी हानी नोक्सानी पु¥याएको आरोपमा बैङ्कका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई आज ललितपुर महानगरपालिका—११ ईखांछेबाट पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैङ्कलाई हानी र आफ्नो स्वार्थ […]

एजेन्सी । म्यानमारमा अवैध अनलाइन स्क्यामिङमा फसेका ४७ नेपाली नागरिकको उद्धार गरिएको छ, जसमा ४५ पुरुष र २ महिला छन्। उद्धार गरिएका व्यक्तिहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले नेपाल फर्काएको छ, र उनीहरू विभिन्न २६ जिल्लाका बासिन्दा हुन्। पीडितहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी म्यानमार पुर्‍याइएको थियो, जहाँ उनीहरूलाई शारीरिक र मानसिक यातना दिइएको थियो। काठमाडौँ । विभिन्न […]

बारा कलैयास्थित यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता तथा दुरुपयोगका आरोपहरू सतहमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले तत्काल गम्भीर छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। सेवाग्राही र कार्यालयभित्रका कर्मचारीहरूले यस कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा व्यापक हेरफेर, दलाली र आर्थिक लेनदेन हुने गरेको आरोप सार्वजनिक रूपमा उठाएका छन्। उनीहरूको दाबी अनुसार, […]

error: Content is protected !!