२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

चिनियाँ परराष्ट्र मन्त्रालयले नेपालमा पठायो स्वास्थ्य सामग्रीहरु

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७


चिनियाँ परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग र नेपालस्थित चिनियाँ दूतावासले अनुदान पठाएका अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरण बुधबार स्वास्थ्य मन्त्रालयले बुझेको छ । चीनले १० हजार थान केएन ९५ मास्क, तीन लाख ३८ हजार सर्जिकल मास्क तथा नाै हजार थान पिपिई र प्रोटेक्टिभ गगल्स हस्तान्तरण गरेको चिनियाँ दूतावासले जनाएको छ ।
चीनको गान्सु प्रान्त अनि त्यहाँको सहरी तथा ग्रामीण विकास लगानी समूहले पिपिईलगायतका सामग्री बागमती र प्रदेश ५ लाई यसअघि दिइसकेका छन्। हैनान प्रान्तको बुद्धिष्ट एसाेसिएसन, सेन्जेन सिटीको होंफा मन्दिर तथा लुम्बिनीस्थित चिनियाँ मन्दिरबाट नेपाललाई दुई लाख थान डिस्पोजेबल सर्जिकल मास्क, १० हजार थान केएन ९५ मास्क हस्तान्तरण गरिसकेको चिनियाँ दूतावासले जनाएको छ । कोभिड– १९ विरुद्धको लडाइँमा चीनले नेपाललाई थप सहयोग जारी राख्ने पनि चिनियाँ दूतावासले जनाएको छ ।
यसअघि चीनको सिचुआन, तिब्बतलगायतका प्रान्तहरूले विभिन्न समयमा नेपाललाई अत्यावश्यक मेडिकल सामग्री तथा औषधि उपलब्ध गराउँदै आएका छन् । नयाँ पत्रीकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!