०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

बाँकेको नेपालगन्जमा कर्फ्यु हटेयो लकडाउनमा थप कडाइ

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

महेन्द्र सिंह
बाँकेको नेपालगन्जमा केही सहज भएको छ यसअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा लगाइएको निशेधाज्ञालाई खुकुलो बनाउने भएपछि नेपालगन्जको दैनिकी सहज हुने भएको हो ।
आज विहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अगुवाईमा बसेको सर्वदलीय, सर्वपक्षीय वैकठले यस्तो निर्णय गरेको हो ।
सर्वदलीय तथा सर्वपक्षीय बैठकले भोली शुक्रबार विहान ११ बजेदेखि ३ बजेसम्मको अवधिमा सर्वसाधरणलाई छुट् दिइने भएकोछ । बाँके प्रशासनले दिएको यस्तो छुट भने अत्यावश्यक काम, खाद्यान्न तथा औषधी लगायतका सामाग्री खरिद विक्रिका लागि छुट्याइएको हो ।
तर, बाँके प्रशासनले यो समयमा पनि लकडाउनलाई पूर्णरुपमा पालना गराउदैं विना काम घरदेखि बाहिर निस्कने, भीडभाड गर्ने जस्ता काम नगर्न नगराउन आग्रह गर्दै यस्तो गरिएको पाइएमा कानूनी कारबाही समेत गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए ।
यो अवधिमा बाँके प्रशासनले जारी गरेको पासका सवारी साधन आवश्यकता अनुसार चल्न दिइनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!