२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

सरकारले शुक्रबार देखि लकडाउनलाई खुकुलो बनाउने नामसहित

Logo
प्रकाशित शुक्रबार, बैशाख २६, २०७७

काठमाडौं नेपाल सरकारले शुक्रबारदेखि लकडाउनलाई केही खुकुलो बनाउँदै सशर्त केही सेवा क्षेत्रहरु खोल्न दिने भएको छ । केही उद्योग प्रतिष्ठान सहित विभिन्न सेवा क्षेत्रलाई सुरक्षा विधि अपनाउदै सञ्चालन गर्न दिइने बताइए पनि केही क्षेत्र अझै पनि खोल्न नपाइने जनाइएको छ । चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण बन्द भएका केही उद्याेगहरूलाइ सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेकाे हाे। खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको हाे । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको थियाे । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा सरकारले यस्ताे निर्णय गरेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे थियाे। उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जास्ता सुरक्षाका अपानाउनुपर्ने प्रावधान राखिएको छ । सम्बन्धित उद्योगको पत्रको आधारमा उद्योगका गाडीहरु ढुवानीका लागि गुड्दा सुरक्षा निकायले नरोक्ने निर्णय पनि भएको छ । श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलभित्रै बस्नुपर्ने सरकारका निर्णयमा उल्लेख रहेकाे बताइएकाे छ । उनीहरुलाई खानाको व्यवस्था कार्यस्थलभित्रै गरिनुपर्ने तर कार्यस्थलबाट बाहिर जान र कार्यस्थलबाहिर रहेका परिवारका सदस्यलगायत अन्य कुनैपनि व्यक्तिहरुसाग सम्पर्कमा आउनदिन नहुने नियम बनाइएको बताइएकाे छ। यी हुन आजदेखि सञ्चालनमा ल्याउने ४४ प्रकारका उद्योग र सञ्चालनमा नल्याउने १० प्रकारका उद्योग सञ्चालनमा ल्याउने १) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु २) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग ३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु ४) खाने पानी उत्पादन गर्ने उद्योगहरु ५) इँटा उद्योग ६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग ७) खाने तेल तथा घ्यू उद्योग ८) चिनी उद्योग ९) चिया प्रशोधन उद्योग १०) एलपीजी ग्याँस उद्योग ११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग १२) कफि उद्योग १३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग १४) नूडल्स तथा तयारी चाउचाउ उद्योग १५) मसला उद्योग १६) अलैंची र अदुवा प्रशोधन उद्योग १७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग १८) धान चामल र चिउरा उद्योग १९) दाल उद्योग २०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग २१) खानी तथा खनिजजन्य उद्योग २२) बालुवा प्रशोधन तथा क्रसर उद्योग २३) सिमेण्ट उद्योग २४) आइरन तथा स्टिलउद्योग २५) पेन्टिङ्गस (रंगरोगन) उद्योग २६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग २७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग २८) जुुस तथा हल्का पेयपदार्थ उद्योग २९) प्लाइउड र भेनिर उद्योग ३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु ३१) जस्ता पाता उद्योग ३२) हेभी मेशीनरी औजार मर्मत संभार ३३) खनिजजन्य उद्योग र खानीहरु -लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत) ३४) समिल र काष्ठ उद्योग ३५) आल्मुनियम उद्योग ३६) ग्रील उद्योग ३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग ३८) ढुवानी तथा कार्गो सेवा उद्योग ३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग ४०) मोटर ग्यारेज वर्कसप उद्योग ४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग ४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग ४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग ४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग नखुल्ने उद्योग व्यवसाय १) शैक्षिक संस्थाः विश्वविद्यालय, क्याम्पस, विद्यालय, प्रशिक्षण केन्द्र । २) गैर–खाद्य वस्तु बिक्री गर्ने व्यवसायिक मल, स्टोर, पसल । ३) सार्वजनिक जमघटः सिनेमा हल, फनपार्क, पार्टी प्यालेस । ४) धार्मिक स्थलः मन्दिर, मस्जिद, गुम्बा । ५) खेलकुदः मैदान, फूटसल, जीमखाना । ६) होटल, बार, रेष्टुरेन्ट, शैलुन, ब्युटीपार्लर, चमेना गृह । ७) अनुमति पाएका वाहेकका यात्रुवाहक सवारी साधन । ८) बाहिर हिंडडुल गर्न नपाइनेः १२ वर्ष मुनिका, ७० वर्ष नाघेका, अशक्त व्यक्ति, गर्भवती महिला वाहेककाले । ९) आन्तरिक तथा बाह्य हवाई सेवा । १०) केबल कार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ । ३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज […]

काठमाडौं । बैंकको चेक अनादर (बाउन्स) मा हुने जेल र जरिवानाको कठोर सजाय हटाएर विनिमेय अधिकार पत्र ऐन, २०३४ मा गरिएको संशोधन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । योसँगै चेक अनादर मुद्दामा गरिएको खुकुलो सजायको प्रावधानमा अंकुश लागेको छ । प्रधानन्यायाधीश प्रकाशनसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिकृष्ण फुयाल […]

काठमाडौं । पर्साको आदर्श नगरमा‘ट्रान्सपोर्ट व्यवसायको नाममा वर्षौँदेखि मौलाउँदै आएको अवैध तस्करी विरुद्ध सशस्त्र प्रहरीले गरेको कारबाही केवल एउटा छापा मात्र थिएन, त्यो राज्यको उपस्थितिको अनुभूति थियो। जोखिम, अभाव र सीमित स्रोतका बाबजुद पनि अवैध धन्दामाथि प्रहार गर्नु सशस्त्र प्रहरीको पेशागत साहस, प्रतिबद्धता र कर्तव्यनिष्ठताको प्रमाण हो। यस अर्थमा सशस्त्र प्रहरी धन्यवादको पात्र छ। तर […]

error: Content is protected !!