२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

सशस्त्र प्रहरीले सिमानामा कडाइ गर्दा प्रहरीको पोस्ट भत्काउन खोजेपछी हवाई फायर

Logo
प्रकाशित शुक्रबार, बैशाख २६, २०७७

बारामा लकडाउनमा भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेलाई कडाइ गर्नको लागि निर्माण गरेको सुरक्षा पोष्टलाई भारतीयहरुले भत्काउन खोजेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्। सुवर्ण गाउँपालिका ३ पञ्चगछीयको दशगजा क्षेत्रमा निर्माण गरिएको सुरक्षा पोष्टलाई भारत तर्फबाट आएका स्थानीयहरुले भत्काउन खोजे पछि हवाई फायर गर्नु परेका सशस्त्र प्रहरी बल नेपाल नं.–१२ गण उत्तर झिटकैयाले जनाएको छ। सीमावर्ती हनुमानगँजका सयौको संख्यामा आएका भारतीयहरुले ड्युटी गर्न निर्माण गरिएको पोष्टलाई भत्काउन खोज्दा सशस्त्र प्रहरीले उनीहरुलाई रोक्न एक राउन्ड हवाई फायर गरेको रहेका सशस्त्र प्रहरी बल नेपाल नं.–१२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी बताए। दिउँसो १२ बजेको समयमा दुई जना भारतीयहरुले नेपाल तर्फ खेत रहेको र खेत हेर्न जान दिनुस भन्दा उनीहरुलाई रोकेर भारततर्फ नै फर्काए पछि एकै चोटी सयौ संख्यामा आएर पोष्ट नै भत्काउन खोजे पछि स्थिती तनावपूर्ण बनेको सुवेदीले बताए। तनावपूर्ण स्थितीलाई नियन्त्रणमा गर्न सशस्त्र प्रहरीले हवाई फायर गरेपछि भारतीय पक्ष पछि हटेको र भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत भारतीय पक्षलाई सम्झाए पछि अवस्था समान्य बनेको सुवेदीले बताए। त्यहाँ १५ जनाको संख्यामा सशस्त्र प्रहरी रहेका छन्। पोष्ट भत्काउनको लागि सशस्त्र प्रहरीका जवान माथि सीमावर्ती भारतीयहरुले अक्रमण गरेको जानकारी पाएपछि बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी, सशस्त्र प्रहरी उपरीक्षक सुवेदी लगाएत त्यस स्थानमा पुगेर घटनाको जानकारी लिएका छन्। दुई दिन पहिला मात्रै सीमा सुरक्षाबल एसएसबीले दशगजामा रहेको खेतमा काम गर्न गएको बलिरामपुरका एक नेपालीलाई कुटपिट गरे पछि नेपाली र भारतीय पक्ष बीच झडप भएको थियो। विश्रामपुर गाउँपालिका ४ बलिरामपुरका छोटेलाल साहलाई सीमा क्षेत्रमा किन आएको भन्दै एसएसबीले कुटपिट गर्दा त्यसलाई छोडाउन क्रममा दुबै पक्षबीच झडप भएको थियो नागरिक न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!