२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

सशस्त्र प्रहरीले सिमानामा कडाइ गर्दा प्रहरीको पोस्ट भत्काउन खोजेपछी हवाई फायर

Logo
प्रकाशित शुक्रबार, बैशाख २६, २०७७


बारामा लकडाउनमा भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेलाई कडाइ गर्नको लागि निर्माण गरेको सुरक्षा पोष्टलाई भारतीयहरुले भत्काउन खोजेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्। सुवर्ण गाउँपालिका ३ पञ्चगछीयको दशगजा क्षेत्रमा निर्माण गरिएको सुरक्षा पोष्टलाई भारत तर्फबाट आएका स्थानीयहरुले भत्काउन खोजे पछि हवाई फायर गर्नु परेका सशस्त्र प्रहरी बल नेपाल नं.–१२ गण उत्तर झिटकैयाले जनाएको छ। सीमावर्ती हनुमानगँजका सयौको संख्यामा आएका भारतीयहरुले ड्युटी गर्न निर्माण गरिएको पोष्टलाई भत्काउन खोज्दा सशस्त्र प्रहरीले उनीहरुलाई रोक्न एक राउन्ड हवाई फायर गरेको रहेका सशस्त्र प्रहरी बल नेपाल नं.–१२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी बताए। दिउँसो १२ बजेको समयमा दुई जना भारतीयहरुले नेपाल तर्फ खेत रहेको र खेत हेर्न जान दिनुस भन्दा उनीहरुलाई रोकेर भारततर्फ नै फर्काए पछि एकै चोटी सयौ संख्यामा आएर पोष्ट नै भत्काउन खोजे पछि स्थिती तनावपूर्ण बनेको सुवेदीले बताए। तनावपूर्ण स्थितीलाई नियन्त्रणमा गर्न सशस्त्र प्रहरीले हवाई फायर गरेपछि भारतीय पक्ष पछि हटेको र भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत भारतीय पक्षलाई सम्झाए पछि अवस्था समान्य बनेको सुवेदीले बताए। त्यहाँ १५ जनाको संख्यामा सशस्त्र प्रहरी रहेका छन्। पोष्ट भत्काउनको लागि सशस्त्र प्रहरीका जवान माथि सीमावर्ती भारतीयहरुले अक्रमण गरेको जानकारी पाएपछि बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी, सशस्त्र प्रहरी उपरीक्षक सुवेदी लगाएत त्यस स्थानमा पुगेर घटनाको जानकारी लिएका छन्। दुई दिन पहिला मात्रै सीमा सुरक्षाबल एसएसबीले दशगजामा रहेको खेतमा काम गर्न गएको बलिरामपुरका एक नेपालीलाई कुटपिट गरे पछि नेपाली र भारतीय पक्ष बीच झडप भएको थियो। विश्रामपुर गाउँपालिका ४ बलिरामपुरका छोटेलाल साहलाई सीमा क्षेत्रमा किन आएको भन्दै एसएसबीले कुटपिट गर्दा त्यसलाई छोडाउन क्रममा दुबै पक्षबीच झडप भएको थियो नागरिक न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!