२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

लकडाउनका कारण इटा उद्योग बन्द ३० लाख घाटा कामदारलाई उत्पादन बिना पाल्दै

Logo
प्रकाशित शुक्रबार, बैशाख २६, २०७७

सागर थापा/बिदुर एमसी नेपाल सरकारले अाव्हान गरेको जारी लकडाउनका कारण दाङ्ग देउखुरीका इटा उद्योगहरु धराशायी हुने अवस्थामा पुगेका छन् । दाङ्ग जिल्लाकाे दक्षिणी पूर्वी देउखुरीमा अवस्थित गढवा गाउँपालिका वडा नम्बर १, जेठान गाउँमा रहेको एक इटा उद्योग पनि त्यस्तै अवस्थामा पुगेको उद्योगका व्यवस्थापक कृष्णप्रसाद शर्माले उद्योग बारेमा दुखेसो पाेखेका छन् । एक वर्ष अगाडि २ करोडभन्दा बढीको लगानीमा कृष्ण फिक्स चिम्नी ब्रिक उद्योग स्थापना भएको थियो । स्थानीय सरकारले भारतबाट ल्याउने कोइला लगायतका सामानहरु ल्याउनमा वातावरण मिलाइदिएमा उद्योग सञ्चालनमा केही सहज हुने उद्योगी सम्भुनाथ याेगीकाे भनाइ रहेको छ । दैनिक रूपमा १ लाख जति इटा उत्पादन गर्दै आएको उक्त उद्योग हाल जारी लक डाउनका कारणले कामदारहरुलाई उत्पादन बिना पनि पाल्दै आइरहेको छ । विशेषगरी भारतबाट आएका कामदारहरुलाई उनीहरूकै घरमा पठाउन सकेमा मात्र पनि उद्योगलाई र ती कामदारहरुलाई धेरै सहज हुने कुरामा उद्योगका मालिक र कामदारहरुकाे समान बिचार रहेको छ । नेपाल सरकारले गाडीको व्यवस्थापन मिलाएर घरमा पुग्ने वातावरण मिलाइदिएमा आफूहरू घर जान तयार रहेको उद्योगमा काम गर्ने एक भारतीय कामदारले हाम्रा सञ्चार माध्यम मार्फत सरकारलाई अाग्रह गरेका छन् । लगातारको वर्षातले बनाएर राखिएका इटाहरु गलेर नाेक्सान हुने त छदैछ । त्यसमा पनि याे लक डाउनले उद्योग बर्बाद भएको छ, व्यवस्थापक शर्माले दुखेसो पाेखे । बर्षातकाे पानीका कारणले मात्र झण्डै ३० लाख बराबरको इटा नाेक्सानी भएको र त्यसमा याे लक डाउनले झन् पीडा थपेको उद्योगी याेगीकाे गुनासो छ । तसर्थ, सरकारले बेलैमा उद्योगका बारेमा केही कदम चालाेस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]