२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

लकडाउनका कारण इटा उद्योग बन्द ३० लाख घाटा कामदारलाई उत्पादन बिना पाल्दै

Logo
प्रकाशित शुक्रबार, बैशाख २६, २०७७

सागर थापा/बिदुर एमसी नेपाल सरकारले अाव्हान गरेको जारी लकडाउनका कारण दाङ्ग देउखुरीका इटा उद्योगहरु धराशायी हुने अवस्थामा पुगेका छन् । दाङ्ग जिल्लाकाे दक्षिणी पूर्वी देउखुरीमा अवस्थित गढवा गाउँपालिका वडा नम्बर १, जेठान गाउँमा रहेको एक इटा उद्योग पनि त्यस्तै अवस्थामा पुगेको उद्योगका व्यवस्थापक कृष्णप्रसाद शर्माले उद्योग बारेमा दुखेसो पाेखेका छन् । एक वर्ष अगाडि २ करोडभन्दा बढीको लगानीमा कृष्ण फिक्स चिम्नी ब्रिक उद्योग स्थापना भएको थियो । स्थानीय सरकारले भारतबाट ल्याउने कोइला लगायतका सामानहरु ल्याउनमा वातावरण मिलाइदिएमा उद्योग सञ्चालनमा केही सहज हुने उद्योगी सम्भुनाथ याेगीकाे भनाइ रहेको छ । दैनिक रूपमा १ लाख जति इटा उत्पादन गर्दै आएको उक्त उद्योग हाल जारी लक डाउनका कारणले कामदारहरुलाई उत्पादन बिना पनि पाल्दै आइरहेको छ । विशेषगरी भारतबाट आएका कामदारहरुलाई उनीहरूकै घरमा पठाउन सकेमा मात्र पनि उद्योगलाई र ती कामदारहरुलाई धेरै सहज हुने कुरामा उद्योगका मालिक र कामदारहरुकाे समान बिचार रहेको छ । नेपाल सरकारले गाडीको व्यवस्थापन मिलाएर घरमा पुग्ने वातावरण मिलाइदिएमा आफूहरू घर जान तयार रहेको उद्योगमा काम गर्ने एक भारतीय कामदारले हाम्रा सञ्चार माध्यम मार्फत सरकारलाई अाग्रह गरेका छन् । लगातारको वर्षातले बनाएर राखिएका इटाहरु गलेर नाेक्सान हुने त छदैछ । त्यसमा पनि याे लक डाउनले उद्योग बर्बाद भएको छ, व्यवस्थापक शर्माले दुखेसो पाेखे । बर्षातकाे पानीका कारणले मात्र झण्डै ३० लाख बराबरको इटा नाेक्सानी भएको र त्यसमा याे लक डाउनले झन् पीडा थपेको उद्योगी याेगीकाे गुनासो छ । तसर्थ, सरकारले बेलैमा उद्योगका बारेमा केही कदम चालाेस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!