२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौंमा चिनियाँ नागरिक र प्रहरीबीच झडप हुँदा डिएसपी घाइते ३८ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख २६, २०७७

(एबिसी क्राईम ब्युरो)
काठमाडौं सिंहदरबार क्षेत्रमा चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।
शुक्रबार सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
‘केही चिनियाँ नागरिकहरू जम्मा भएर सिंहदरबार प्रवेश गर्न खोजेपछि त्यहाँ झडप भयो,’ उनले भने, ‘प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा लिएको छ।’
प्रहरीले ३८ चिनियाँ नागरिकलाई पक्राउ गरी नगर प्रहरी कार्यालयमा राखिएको छ।
‘उनीहरू आफ्नो देश फर्किन चाहन्छन्। धेरै अघिदेखि नै उनीहरूले फर्किने प्रयास गरिरहेका छन्,’ उनले भने,’राजदूतावास गएर पनि घर पठाइदेऊ भन्ने खालका कुरा गरेका थिए।’
झडपबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। उनको नजिकैको मेडिकलबाट उपचार गरिएको छ।
ती चिनियाँ नागरिकका बारेमा राजदूतावासमा छलफल गरेपछि मात्रै थाहा हुने एसएसपी ज्ञवालीले बताए।
लकडाउनका कारण नेपालमा रहेका धेरै चिनियाँ नागरिक यतै अलपत्र परेका छन्।
काठमाडौंस्थित चिनियाँ दूतावासले केहीलाई जहाज चार्टर्ड गरी स्वदेश पठाए पनि केही अझै नेपालमै अड्किएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!