प्रकशित मिति : २९ बैशाख २०७७, सोमबार ०७:५९

सर्लाहीको ईश्वरपुर नगरपालिका ९ बाट शनिबार एपीएफ टोलीले करीब एक लाख ४० हजार रुपैयाँ बराबरको एक सय ४० क्यूफिट मसलाको काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सागरनाथबाट खटिएको एपीएफ टोलीले उक्त काठ बरामद गरेको हो । ना १ त ५१२० नम्बरको ट्रयाक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त काठ तथा काठ ल्याउन प्रयोग भएको सो ट्रयाक्टरसमेत बरामद गरिएको हो ।
बरामद काठ तथा ट्रयाक्टर स्थानीय वन कार्यालयमा बुझाइएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com