०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

सिमा मिचिएपछि बाँके कोहलपुरमा भारत विरोधी प्रदर्शन सुरु

Logo
प्रकाशित सोमबार, बैशाख २९, २०७७

(महेन्द्र सिंह) देशभर लकडाउन जारी भएको बेला यता भारतले सिमा मिचेको बेला बाँकेको कोहलपुरका स्थानियहरुले बिरोध प्रदर्शन गरेका छन । भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेपछि शनिबार बेलुका कोहलपुरका स्थानिय युवाको नेतृत्वमा विरोधमा प्रदर्शन गरीएको हो ।
कोरोना भाईरस संक्रमणको संत्रासकै बिच स्थानिय युवाहरुले सामाजिक दुरी कायम गरेरै बिरोध जनाएका थिए । कोहलपुर नगरपालिका ११ न्यूरोडदेखी सुरु भएको र्यालि चौराहा पुगेर सम्पन्न भएको थियो । भारतीय पक्षले बेलाबेला नेपालतर्फको सिमा मिच्दै आएको र हालै मात्र लिपुलेकमा बाटो निर्माण गर्ने कार्य गरेकाले सरकारले तत्काल त्यसको प्रतिवाद गरी नेपाली भुमि फर्काउनुपर्नेमा र्यालीमा सहभागी युवाहरुले जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!