०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

थप १० जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या १२० पुग्यो

Logo
प्रकाशित सोमबार, बैशाख २९, २०७७

काठमाडौँ नेपालमा सोमबार बिहान थप १० जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रायलयका अनुसार कपिलबस्तु यशोधा गाउँपालिका-५ र बुद्धभूमी नगरपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुष र अर्का एक जना उमेर नखुलेका व्यक्तिको कोरोना परीक्षण रिर्पोट पोजेटिभ देखिएको हो। अहिलेसम्म संक्रमण सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ। नेपालमा ३१ जना संक्रमित उपचारपनि निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]