२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरीले लागूऔषध सहित तीन जना पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख २९, २०७७

(एबिसी क्राईम ब्युरो)
धनुषा जिल्लाको धनौजी गाँउपालिका ३ स्थित कटैया चोकबाट आइतबार एपीएफ टोलीले २० बोतल एक्जीप्लोन नामक लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिथिला नगरपालिका ६ बस्ने ३६ वर्षिय शेर सिंह तामाङ, ३६ वर्षिय सिताराम यादव र २८ वर्षिय श्रीप्रसाद महतो छन् ।
बा १३ च १२९५ नम्वरको गाडीमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहिको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!