२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तरकारी कुहिन नदिन चेम्बरले घर घरमा तरकारी खोज्ने अभियान सुरु

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

सिसहनियाँ किसानको बारीमा तरकारी कुहिन नदिन तथा सहज अापुर्तीका लागि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले किसानका घर घरमा तरकारी खोज्ने अभियानलाई निरन्तरता दिएको छ । दाङ चेम्बर अफ कमर्सको समन्वयमा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले राप्ती गाउँपालिका भित्रका व्यवसायीक खेती गर्ने किसानको घरमै पुगेर तरकारी किनिरहेको चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् । चेम्बरले किसान सँग किनेकै मुल्यमा उपभोक्ताहरूको घर घरमा तरकारी पुर्याउने गरेको छ । शनिवार र सोमबार चेम्बरले राप्ती गाउँपालिका वडा नम्बर ५,६,७ र ८ नम्बर वडाबाट भिन्डी,लाैका,करेला,काक्रा,फर्सी,टमाटर,बन­्दागोभी,साग,बोडी,खरभुजा,घिराैला लगायतको तरकारी खरिद गरेको छ । उता दाङ चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष श्रीधर महराले तरकारी बिक्री नभएकै कारण निरास हुन नपर्ने बताएका छन् । पालिका स्तरमा भएका चेम्बरको समन्वयमा दाङ जिल्ला भरि तरकारी खरिद गरि बिक्री गर्ने गरेको अध्यक्ष महराले बताएका छन् । अव चेम्बरले दैनिक रूपमा तरकारी खरिद गर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!