१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

लकडाउनको मौका छोपी चोरी गर्ने ११ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

(एबिसी क्राईम ब्युरो)
काठमाडौँ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
विभिन्न बन्द होटल, रेस्टुराँ, पसल तथा कोठामा चोरी हुन थालेको उजुरीपछि प्रहरीले आफ्नो क्षेत्रमा गस्ती बढाएको थियो । उनले भने, ‘गस्ती बढाएसँगै लकडाउनको मौका छोपी चोरी गर्नेलाई पक्राउ गरी अनुसन्धनपश्चात् कानूनी कारवाही अघि बढाइएको छौँ । ती मध्ये कोही बालबालिका समेत रहेका छन् । कोहीलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मामा पठाएका छौँ । कोहीलाई सुधारगृह पठाएका छौँ ।’ प्रहरीले पसल चोरी गर्दै गर्दा गोरखा घर भई हाल काठमाडौँ बौद्ध बस्ने आयुष थापा मगर तथा भोजपुर घर भई काभ्रे बस्ने सुरज मगरलाई पनि प्रहरी पक्राउ गरेको थियो ।
त्यस्तै चार्जमा राखेको मोबाइल चोरी गर्दै गर्दा प्रहरीले दुई महिलालाई पक्राउ गरी मुद्दा दायर गरेको छ । यसरी पक्राउपर्नेमा काठमाडौँ सुकेधाराकी रेश्मा लामा र पर्सा घर भई काठमाडौँ बस्दै आएकी निर्मला भनिने मिना लामा रहेका छन् ।
चोरी मुद्दामा पक्राउपर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने असल भुजेल र अभिषेक भुजेल, ओखलढुङ्गा घर भई काठमाडौँ बस्ने ङिमा शेर्पा र धनबहादुर तामाङ, बूढानीलकण्ठका आयुष राई र सुमन लिम्बू रहेका प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!