प्रकशित मिति : ३० बैशाख २०७७, मंगलवार ०७:४५

(एबिसी क्राईम ब्युरो)
सोलुखुम्बु सोताङ गाउँपालिका-३ पोक्चमबाट भरुवा बन्दुक १ थान, मृगको मासु २ केजी र मृत कालिजसहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिकास्थित सोल्पा नागीयाङसामुदायिक वनबाट शिकार गरी घरतर्फ फर्कने क्रममा राईलाई ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
साथै उनीसँगै रहेका सोही ठाउँ बस्ने २५ वर्षीय दिपक राई प्रहरीलाई देख्नासाथ फरार भएकोले प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com