०१ जेठ २०८२, बुधबार
14-05-2025 , Wed
×

लकडाउन कडा र कार्यलयहरू बन्द गर्न प्रधानमन्त्री ओलीको निर्देशन

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

काठमाडौं विगत ५० दिनदेखि जारी लकडाउन पछिल्ला दिनहरुमा केहि खुकुलो पारिएको थियो । तर सोमबार २३ र मंगलबार एकैदिन ५७ जना संक्रमित भेटिएपछि लकडाउन थप कडा पारिने भएको छ । संक्रमितको संख्या १ सय ९१ पुगेलगत्तै प्रधानमन्त्री केपी ओलीले लकडाउन कडा पार्न निर्देशन दिइसकेका छन् ।
मन्त्रिपरिषदको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो बनाएकोमा आक्रोश पोख्दै अहिलेको अवस्थालाई लकडाउन नै भनिँदैन भन्दै कडा रुपमा प्रस्तुत भएका थिए । उनले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका हुन् ।
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं लगायतका ठाउँमा लकडाउन थप कडा पार्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका हुन् ।
सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै असन्तुष्टि व्यक्त गरेका छन् ।मन्त्रिपरिषद्को मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका एक मन्त्रीले बताए ।
प्रधानमन्त्रीले पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट देशले अर्को क्षति बेहोर्न सक्ने बताएका यही । उनले लकडाउनमा खेलाँची गरिएको र यसले ठुलो मानवीय क्षति बेहोर्नुपर्ने अवस्था हुने समेत बताए ।प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिको सुझावका आधारमा बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरू खोल्न दिइँदा लकडाउन औचित्यहीन भएको बताएका थिए ।
उनले अब यसरी हुँदैन भन्दै कडा कदम चाल्न निर्देशन दिएको मन्त्रीहरूले बताएका छन् ।प्रधानमन्त्रीको निर्देशन लगत्तै आजै अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसेर लकडाउन कडा पार्ने बारे छलफल हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष -आज सामाजिक कार्यमा सहभागिता बढ्नेछ। राजनैतिक क्षेत्रमा सक्रियता देखिनेछ। आत्मविश्वास बढ्नेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन्। सोचे अनुरुप काम बन्नाले मन प्रसन्न हुनेछ ।व्यवसायिक सफलता मिल्नेछ । वृष -बाणिमा मिठास वढ्नेछ।आत्मविश्वासमा वृद्धि हुनेछ। व्यवसायमा नाफा प्राप्त हुनेछ। शुभ समाचारहरू प्राप्त हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। मिथुन -मूल्यवान वस्तुहरू प्राप्त हुने सम्भावना छ। बैंक ब्यालेन्समा […]

दाङ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी सिडियो कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा एवं जिल्ला प्रहरी कार्यालय दाङको मातहतमा रहेका सम्पूर्ण प्रहरी युनिटका प्रहरी ईन्चार्जहरुको सहभागितामा कार्य प्रगति समिक्षा, नितिनिर्देशन कार्यन्वयन, सुरक्षा अवस्थाको वारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय […]

डोल्पा । भौगोलिक दृष्टिमा देशको सबैभन्दा ठूलो जिल्ला हो । त्यहाँ जेठ ५ गतेदेखि यार्चागुम्बा संकलनका लागि सामुदायिक वन तथा राष्ट्रिय निकुञ्ज खुला हुँदैछ । यसक्रममा अनगिन्ती आपराधिक घटना हुने गारेका छन् । तर, जिल्ला प्रहरी नेतृत्वविहीन छ । प्रहरी प्रधान कार्यालयले वैशाख १० गते निकालेको सरुवाअनुसार डीएसपी डा। हेमबहादुर केसी त्यहाँ सरुवा भएका थिए […]

error: Content is protected !!