०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

लकडाउन कडा र कार्यलयहरू बन्द गर्न प्रधानमन्त्री ओलीको निर्देशन

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

काठमाडौं विगत ५० दिनदेखि जारी लकडाउन पछिल्ला दिनहरुमा केहि खुकुलो पारिएको थियो । तर सोमबार २३ र मंगलबार एकैदिन ५७ जना संक्रमित भेटिएपछि लकडाउन थप कडा पारिने भएको छ । संक्रमितको संख्या १ सय ९१ पुगेलगत्तै प्रधानमन्त्री केपी ओलीले लकडाउन कडा पार्न निर्देशन दिइसकेका छन् ।
मन्त्रिपरिषदको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो बनाएकोमा आक्रोश पोख्दै अहिलेको अवस्थालाई लकडाउन नै भनिँदैन भन्दै कडा रुपमा प्रस्तुत भएका थिए । उनले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका हुन् ।
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं लगायतका ठाउँमा लकडाउन थप कडा पार्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका हुन् ।
सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै असन्तुष्टि व्यक्त गरेका छन् ।मन्त्रिपरिषद्को मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका एक मन्त्रीले बताए ।
प्रधानमन्त्रीले पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट देशले अर्को क्षति बेहोर्न सक्ने बताएका यही । उनले लकडाउनमा खेलाँची गरिएको र यसले ठुलो मानवीय क्षति बेहोर्नुपर्ने अवस्था हुने समेत बताए ।प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिको सुझावका आधारमा बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरू खोल्न दिइँदा लकडाउन औचित्यहीन भएको बताएका थिए ।
उनले अब यसरी हुँदैन भन्दै कडा कदम चाल्न निर्देशन दिएको मन्त्रीहरूले बताएका छन् ।प्रधानमन्त्रीको निर्देशन लगत्तै आजै अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसेर लकडाउन कडा पार्ने बारे छलफल हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!