२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

भारतले नेपालमा बाटो निर्माण गरे पछी जनमोर्चा दाङको चर्को बिरोध

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७


सागर थापा नेपाल सरकार संग सरोकारै नराखी नेपाली भुमी हुँदै चिनको मानसरोवर सम्म जाने बाटो निर्माण गरि उदघाटन गरेको बिरोधमा दाङ्को घोराहीमा बिरोध हकार्यक्रम भएको छ । उक्त कार्यक्रम लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले सरकारको अगुवाइमा कुटनैतिक पहल र बार्ता मार्फत आफ्नो भुमीको रक्षा गर्नु पर्ने कुरा बताउनु भयो । नेपालको सिमा काली नदि भएको र त्यस यता नेपाल संग सरोकारै नगरी भारतले बाटो निर्माण गरेर उसले नेपालको राष्ट्रियता र स्वाधिनता माथी धाबा बोलेको हुदा सम्पुर्ण नेपाली एक भएर त्यसको प्रतिरोध गर्नु पर्ने कुरामा जोड दिनु भयो । प्रहरिको अबरोधका बिचमा भएको कार्यक्रममा यसरी रोगको संक्रमण हुन सक्ने जटिल अबस्थामा सडकमा आएर बोल्न रहर नभएर देशको मायाले बाध्य भएको कुरा बताउनु भयो । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी थारु र नेकपा माले दाङका सचीव नेत्र प्रकाश पान्डे लगायतले मन्तब्य राख्नु भएको थियोे भने कार्यक्रमको संचालन राष्ट्रिय जनमोर्चा का जिल्ला सदस्य सुशील पोख्रेल ले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!