२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कोहलपुरमा सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना ५ जना घाइते

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

(महेन्द्र सिंह)
बाँकेको कोहलपुरबाट सुत्केरी बोकेर राप्तीसोनारी गाउँपालिका तर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । एम्बुलेन्समा बुधबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट ४ दिने सुत्केरी बोकेर राप्तीसोनारीतर्फ जाँदै गरेको थियो ।
एम्बुलेन्समा ४ दिने सुत्केरी, बच्चा र अन्य ४ जना बोकेको एम्बुलेन्स कोहलपुर नगरपालिका १२ रोहीणी खोलाको पुलबाट तल खसेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा बच्चा र आमालाई कुनै चोट नलागेपनि अन्य ४ जना घाईते भएका छन ।
घाईते हुनेहरुमा सुत्केरी महिलाका श्रीमान राप्तीसोनारी गाँउपालिका १ का बिनोद परियार, सासु सिता दमाई, एम्बुलेन्स चालक राप्तीसोनारी गाँउपालिका वडा नं. ४ का गोपाल बुढा र सोही ठाउँका मिनराज खड्का रहेका छन ।
घाइते मध्ये सिता दमाईको टाउको र खुट्टामा चोट लागेको भएपनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते सबैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको कोहलपुर प्रहरी प्रमुख डिएसपी कुल दिप चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]