०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कपिलवस्तुका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुस्टि

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

काठमाडौं कोभिड-१९ को सङ्क्रमण आज २४ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ २४ जनामा सङ्क्रमण देखिएको हो। योसँगै देशभर सङ्क्रमितको सङ्ख्या २४३ पुगेको छ। यसअघि आज दिउँसोमात्र बाँके र कपिलवस्तुमा दुई जना सङ्क्रमण देखिएको थियो। आज भेटिएकामा रुपन्देहीका १२, कपिलवस्तुका आठ, पर्साका तीन र नवलपरासीका एक जना रहेका छन्। नयाँ सङ्क्रमितमा २० जना पुरुष र चार जना महिला रहेका छन्। कपिलवस्तुमा नयाँ थपिएका ८ संक्रमित मध्ये ३ जना सुरक्षाकर्मी रहेको पुष्टी भएको छ । कृष्णनगरमा लिंक गेट र बजार क्षेत्रको डियुटीमा खटिएका ३ सुरक्षाकर्मीमा कोरोना भएको हो। प्रहरी स्रोतका अनुसार राष्ट्रिय अनुसन्धानका असई तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सई गरी ३ जनालाई कोरोना देखिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!