२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङका ३६ नेपाल भारत सीमा क्षेत्रहरुमा उच्च सुरक्षा सतर्कता..

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७


नेपाल भारत सिमा क्षेत्रबाट लुकीछिपी नागरिकहरु आवतजावत गरिरहेको खबर आइरहँदा दाङको नाका क्षेत्रबाट लकडाउनको समयमा कोही पनि नेपाल नभित्रिएको पाइएको छ । खुला सिमाना र जंगली क्षेत्र भएका कारण रातिको समयमा भारतबाट लुकिछिपी नेपाल भित्रिएको आशंका भइरहेको बेला सीमा क्षेत्रमा रहेका सुरक्षा निकायले दाङको नाका क्षेत्र पूर्णरुपले सुरक्षित रहेको बताएका हुन् । दाङका साना ठूला गरी जम्मा ३४ वटा नाकामध्ये प्रमुख नाकाहरुमा सुरक्षा पोस्ट राखेर नाका क्षेत्रलाई सिल गरिएको छ । कोरोना सङक्रमणसँगै अनावश्यक रुपमा नेपाल भित्रन नदिनको लागि दाङको डगमारा, भैसाही, भौवा, पटौली र खबरी नाकामा सशस्त्र प्रहरी खटाइएको छ । भारतीय सीमा सुरक्षाबल एसएसबिसँग समन्वय गरेर नेपाल भित्रने र नेपालबाट वाहिरिन सक्ने सम्भावित क्षेत्रमा कडा निगरानी राखिएको अस्थायी प्रहरी पोष्ट डगमाराका असई भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो दाङको नाका क्षेत्रमा कुनै समस्या छैन । भारत आउन चाहने नेपालीहरु एकजना पनि यहाँ आएका छैनन् । भारतीय सुरक्षाकर्मीसँग पनि समन्वय भइरहेको छ ।’ दाङको सबै नाकामा बोर्डर आउट पोष्ट स्थापना भएको र सुरक्षा उपस्थिति राम्रो भएकाले आफूहरुले पनि नाका क्षेत्रमा सुरक्षाअनुभूति गरेको राजपुर गाउँपालिका वडा नम्बर ७ डगमाराका भीमबहादुर घर्तिले बताउनुभयो । यसैबीच दाङको नाका क्षेत्रमा थप ९ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय भएकाले दाङको सबै नाकामा सुरक्षा उपस्थिति हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी रिलालले भन्नुभयो, ‘दाङको नाका क्षेत्र भौगोलिक हिसावले पनि विकट, जंगली क्षेत्र भएकाले समस्या भएपनि सुरक्षाको दृष्टिकोणले नाका अहिले पूर्ण सुरक्षित रहेका छ । रातदिन सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् ।’ यसैबीच दाङको पूर्वमा धानखोला र पश्चिम सिमाना शिवखोलामा सिल हुने भएको छ । एम्बुलेन्स, अत्याबश्यक समान र राष्ट्रिय गौरवका योजनाका सामान बाहेक अन्य सबै सवारीसाधन आवतजावतमा रोक लगाइने भएको छ । दाङलार्ई कोरोना संक्रमणबाट बचाउन सकिने भन्दै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले सबैको सहयोग आबश्यक रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!