२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा नक्कली पत्रकारहरुको बिगबिगी प्रेस टासेर चलाएको कार दुर्घटना पछी फरार प्रहरी खोज्दै

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

एबिसी संचार दाङ तुलसीपुर बुधबार राति दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित अस्वारा ओरालामो एउटा ‘प्रेस’ लेखेको रातो कार दुर्घटना भयो। दु’र्घटना पछि चालक सहित सबै यात्रु फ’रार रहे। सडकको लिक छोडेर केही पर पुगेको कारको अगाडि प्रेस लेखेर टाँसिएको थियो। घटनास्थल पुगेको प्रहरीले चिनजानका तुलसीपुर क्षेत्रका पत्रकारलाई धमाधम फोन गरेर सोधिखोजी थाल्यो।
पत्रकारले जवाफ दिए- तुलसीपुर क्षेत्रमा मात्रै होइन दाङ जिल्लामै रातो कार भएको पत्रकार कोही छैन। दु’र्घटनामा परेको कारमा कोही थिएन। तर लाइट भने बलिरहेकै थियो। स्थानीयका अनुसार बेलुका साढे ७ बजेतिर बा ११ च ३७०३ नम्बरको कार दु’र्घटना मा परेपछि दुई तीन जना मानिस लरखराउँदै निस्किएर भागेका थिए।
‘रक्सीले मा’तेका जस्तै देखिन्थे’ प्रत्यक्षदर्शी एक स्थानीयले भने ‘प्रहरी आउँछ र्याकिङ गर्छ भन्दै छिटो उनीहरू कार छोडेर खेतैखेत भागे।’ उनीहरू पश्चिमबाट तुलसीपुर बजारतर्फ आउँदै गर्दा दुर्घटनामा परेका थिए । प्रहरी बुधबार बेलुका जति प्रयास गर्दा पनि कारमा सवार मानिसहरू को थिए ? भन्ने पत्ता लगाउन सकेन।
बेलुका अबेर प्रहरीले उक्त कार प्रहरी कार्यालय तुलसीपुरमा ल्याएर राख्यो। कारको नम्बरको आधारमा प्रहरीले अनुसन्धान थाल्यो। बिहीबार बिहान कार कालिका मालिका प्रालिका अध्यक्ष दीलिप बिकले प्रयोग गरेको भन्ने खुल्न आयो । ‘कार कसको हो भन्ने अनुस न्धानकै क्रममा छ,’ इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी हरिहरनाथ योगीले भने दुर्घटना हुनुअघि भने बिकले चलाएको पुष्टि भएको छ।’
बिक फ’रार रहेको र उनको खोजी कार्य जारी रहेको डिएसपी योगीले बताए। ‘चालक र त्यसमा सवार सबैले अत्याधिक म’दिरा सेवन गरेको भन्ने स्थानीयले बताएका छन्,’ उनले भने, ‘सायद त्यही त्रा’सले उनीहरू कार छोडेर भागेको हुनुपर्छ ।’  साभर सेतोपाटिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!