२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतको क्वारेन्टाइनमा रहेका नेपालीलाई भारतबाट नेपाल ल्याउँदै नेपालको भारत पठाउदै

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

महेन्द्र सिंह
नेपालगञ्ज भारतको क्वारेन्टाइनमा रहेको नेपालीलाई ल्याउन थालिएको छ ।
भारतको बहराइच, नानपारा आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपालगञ्जमा ल्याउन थालिएको हो । भारतमा रहेका नेपालीलाई यता ल्याउदा बाँकेका क्वारेन्टाइनमा रहेका डेढ सय बढी भारतीयलाई पठाउने तयारी भएको छ । भारतबाट पाँच सय हाराहारीमा आउने आकलन गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतको क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याउने र बाँकेको क्वारेन्टाइनमा रहेका भारतीयलाई पठाउन थालेको जानकारी दिनुभयो । ‘केहीबेरमै उताका यता आउँछन् र यताका उता जान्छन्, प्रजिअ खड्काले भन्नुभयो, ल्याइसकेपछि कति आए थाहा हुन्छ ।’
भारतबाट क्वारेन्टाइनमा रहेका र नरहेका नेपालीहरु धमाधम गर्दै छोटी नाकाबाट नेपाल प्रवेश गरेपछि स्थानीय प्रशासनले मुख्य बाटोबाटै क्वारेन्टाइनमा रहेका नेपालीलाई भित्र्याउन थालेको हो । बाँकेको हवल्दापुरस्थित राम मावि र नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसलगायत ठाउँमा भारतीयलाई राखिएको छ । भारतबाट आउने नेपालीहरु बाँकेको मात्रै नभई अन्यत्र जिल्लाको समेत रहेकाले सम्बन्धित जिल्लासँग समन्वय गरेर अगाडि बढ्ने तयारी भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!