१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

भारतको क्वारेन्टाइनमा रहेका नेपालीलाई भारतबाट नेपाल ल्याउँदै नेपालको भारत पठाउदै

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

महेन्द्र सिंह
नेपालगञ्ज भारतको क्वारेन्टाइनमा रहेको नेपालीलाई ल्याउन थालिएको छ ।
भारतको बहराइच, नानपारा आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपालगञ्जमा ल्याउन थालिएको हो । भारतमा रहेका नेपालीलाई यता ल्याउदा बाँकेका क्वारेन्टाइनमा रहेका डेढ सय बढी भारतीयलाई पठाउने तयारी भएको छ । भारतबाट पाँच सय हाराहारीमा आउने आकलन गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतको क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याउने र बाँकेको क्वारेन्टाइनमा रहेका भारतीयलाई पठाउन थालेको जानकारी दिनुभयो । ‘केहीबेरमै उताका यता आउँछन् र यताका उता जान्छन्, प्रजिअ खड्काले भन्नुभयो, ल्याइसकेपछि कति आए थाहा हुन्छ ।’
भारतबाट क्वारेन्टाइनमा रहेका र नरहेका नेपालीहरु धमाधम गर्दै छोटी नाकाबाट नेपाल प्रवेश गरेपछि स्थानीय प्रशासनले मुख्य बाटोबाटै क्वारेन्टाइनमा रहेका नेपालीलाई भित्र्याउन थालेको हो । बाँकेको हवल्दापुरस्थित राम मावि र नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसलगायत ठाउँमा भारतीयलाई राखिएको छ । भारतबाट आउने नेपालीहरु बाँकेको मात्रै नभई अन्यत्र जिल्लाको समेत रहेकाले सम्बन्धित जिल्लासँग समन्वय गरेर अगाडि बढ्ने तयारी भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!