२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लकडाउन अबधि भरी लिएको सवारी पास सबै रद्ध सिडियो रिजाल

Logo
प्रकाशित शनिबार, जेठ ०३, २०७७

(सागर थापा)
दाङमा जिल्ला प्रशासन कार्यालयले जारी गरेका सवारी पास ३ गतेबाट सबै रद्ध भएको छ । कोरोना संक्रमण फैलिदै गएपछि गृहमन्त्रालयले प्रशासनबाट जारी भएका सवारी पास र अन्तर जिल्ला प्रबेशको पासहरु रद्ध गर्ने निर्णय लिए पछि शनिबार देखी ति पासहरु रद्ध भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयबाट लकडाउन अबधीभर भनि लिईएका जुनसुकै सवारी पास शुक्रबार देखी रद्ध भएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभएको छ ।
आन्तरीक आवागमन र अन्तर जिल्ला प्रबेशमा प्रशासनले दिएको सवारी साधन सञ्चालन अनुमती पास रद्ध भएको उहाँको भनाई छ । तर अत्याबस्यक कामका लागि भने प्रशासनले पासको व्यवस्था गर्ने छ ।
प्रशासनले सकभर लकडाउनको अबस्थालाई आफु सुरक्षित हुने ढंगले बुझ्न अपिल समेत गरेको छ । पछिल्लो समय लकडाउन केही खुकुलो बन्दै गएपछि सवारीका साधनको चाप बढेको थियो ।
तर दाङमा पनि कोरोना संक्रमित देखिए पछि स्थानिय प्रहरी प्रशासन र स्थानिय तहहरुले लकडाउने पालना गर्न तर्फ सबै नागरिकहरुलाई अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]