१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

महामारीको बेला सडकमा खट्ने सुरक्षाकर्मीलाई सहयोग गर्नु अपराध होइन : सापकोटा

Logo
प्रकाशित सोमबार, जेठ ०५, २०७७

(एबिसी संचार) विश्वमानव समुदाय कोरोनाका कारणले यतिखेर निकै त्रसित छ । हाम्रो देश नेपाल त्यही हुनाले लक डाउनकाे चपेटामा छ अहिले । अब लकडाउन भएको पनि २ महिना पुग्दैछ । अाम नागरिकहरु लक डाउनका कारणले घरभित्र बस्न बाध्य छन् । तर तिनै नागरिकहरुलाई सेवा र सुरक्षा प्रदान गर्न सुरक्षाकर्मिहरु अहोरात्र ड्युटीमा खटिएका छन् । अाफ्नाे ज्यु ज्यान र जहान परिवारकाे कुनै प्रवाह नगरेको जस्तो गर्नुपरेको छ उनीहरूले । जब कि स्वास्थ्यकर्मी र सञ्चाकर्मिहरुकाे अवस्था पनि झण्डै उस्तै हाे । यस्तै लक डाउनकाे शुरुदेखि नै बाके कोहलपुरका एक युवा व्यवसायी माइकल सापकोटाले विशेषगरी सुरक्षा निकायलाई लक्षित गरि आफूले हालसालै किनेको पौने एक करोडको गाडी मात्र सहयोग गरेनन् । त्यही आफ्नै गाडीमा पिउने पानी, बिस्कुट, चाउचाउ, फ्रुटि, मास्क, पञ्जा र स्यानी टाइजर आदि पनि वितरण गरे । इलाका प्रहरी कार्यालय कोहलपुरको बिग्रेर थन्किएको छ अफिसमा । सो इप्रका कोहलपुर र निज युवा माइकल सापकोटाकाे घर सङ्गै छ, खाली एउटा सामान्य बारलेे बारेर छुट्टयाइएको छ । यता प्रहरीको अफिस र माइकलको घर एकै ठाँउमा हुनु, उता अफिसको गाडी बिग्रेर बसेको अबस्थामा प्रहरीले माइकलको गाडी आफ्नो विभागीय कामका लागि लगेर प्रयोग गर्नु कुनै अपराध नभएको कुरा उनले बताएका छन् । कसैको गाडी सहयोगमा लिएर प्रहरीकै ब्यानर टागेर पानी चाउचाउ फुर्ती तथा खाद्य सामग्रीको पनि ब्यानर राखी प्रहरी बसेर हिड्नु कुनै दाेष नगरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले स्पष्ट पारेका छन । यही कुरालाई केही दिन अघि बादबिवाद गरिएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । इटहरीका एक युवकको धरानस्थित तीनकुने प्रहरी चौकीमा हिरासतमै भएको मृत्युलाई मृतकको परिवारले भने हत्या भएको दाबी गरेको छ । चेकजाँचको क्रममा प्रहरीको निर्घात कुटपिटबाट २० वर्षीय युवराज निरौलाको ज्यान गएको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले भने लागुऔषधको ओभर डोज […]

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

काठमाडौं । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो । कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार दिई खटाएको व्यक्तिलाई वारेश भनिन्छ । अदालतमा […]

error: Content is protected !!