२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नागरिक प्रतिको जिम्मेवारी बोध खै सरकार

Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

(सागर थापा) राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले सरकार नागरिकको भरोसाको केन्द्र हो सामान्य बेलामा नेपाली नागरिकले आफ्नो जोहो आफै गरेका छ्न । सरकारमा रहनेले राज्यको अरबौ रकम आफ्नो ब्यक्तिगत जिबनको लागी दुरुपयोग गर्दा र आम नागरिकको जीवन कष्टपुर्ण हुदा पनि खास गुनासो थिएन । अहिले बिस्वका आगाडी यस्तो रोग देखियो । जसलाइ अनुसासन पालना गर्न नसके र परिस्थितिलाई ठिक ठिक ढंग सित बुझेर त्यही अनुसारको योजना बनाइ सम्पुर्ण मानव समुदाय लाई लगाउन नसके परास्त गर्न नसकिने भएको छ । अहिले हाम्रा अगाडी झन पछि झन चुनौतीहरु थपिदै छ्न । तर नेतृत्वकर्तामा जिम्मेवारी बोध र बिसय प्रतिको गम्भीरता अहिले पनि देखिएको छैन । मैले यो समस्या बिस्वमा देखिए देखि म सहभागी भएका सुरुका कार्यक्रमहरुमा भनेको थिए । हामिले लकडाउन गर्नु पुर्ब कम्तिमा १० दिन समय दिएर बिदेशमा रहेका र त्यहा राम्रो ब्यबस्था नभएका नगरीक लाई आफ्नो देशमा आउन अनुरोध गर्नु पर्छ अनि बल्ल लकडाउन गर्नु पर्छ । तर सरकार त्यसो नगरी हतास लकडाउन गर्यो । त्यसैको परिणाम हजारौको संख्यामा भारतमा मजदुरी गर्ने नेपालीहरु लकडाउन पछि घरमा आउनको लागि हिडे र सिमानामा आएर अलपत्र परे । त्यति बेला पनि ती नेपाली लाई तत्काल ल्याएर क्वारेन्टाइनमा राख्नु पर्छ र देश भित्र पनि घर भन्दा बाहिर रहेका तर घरमा आउन खोजीरहेका नागरिक लाई पनि घरमा ल्याउनु भनेर बारम्बार भनियो । जिल्लामा जिल्ला प्रसासनमा त्यो कुरा गरियो र प्रमुख जिल्ला अधिकारी मार्फत त्यो कुरा गृह प्रसासनमा पनि पुराइयो । तर सरकार त्यो कुरा सुनेन । पछि काठमाडौमा भएका लाई घरमा जान दिने कुरा गर्दा थोरै भएपनि सम्बोधन भयो भन्ने लागेको थियोे । तर उतिबेलै त्यो निर्णय उल्टियो । तर पछि तछाड मछाड गरेर सरकारमा भएका मन्त्रीहरुनै लकडाउन उलंघन गरेर अस्तब्यस्त ढङले नागरिक घर पठाउने काम गरे । त्यो पनि आ आफ्ना मान्छे र भोटरको लागि मात्र । यस्तै क्रियाकलाप का कारण अब हामी गम्भीर समस्यामा फस्दै छौ । लकडाउन पुर्ब देश बाहिर रहेका नागरिक लाई ल्याएको भए उनिहरु संक्रमीत नभईकन सुरक्षित आउने थिए । अहिले लुकि लुकि आउन पर्ने पनि थिएन । सरकार प्रतिको यति धेरै बितृस्णा पनि हुने थिएन । अहिले त्यही कमजोरीको परिणाम आउदैछ । जसलाइ हामिले यता आउन खोज्दा रोक्यो उनै नागरिक संक्रमीत भएका छ्न र अहिले रोग लिएर आएका छ्न । यसरी सरकारको गतिबिधिको कारण निराकरण होइन झनै वृद्धि हुदैछ । यस्ता गम्भीर विषयमा सहि निर्णय लिन नसक्ने नेतृत्व कसरी सहि नेतृत्व हुन सक्छ ? यसैले देखाउछ सरकरको नागरिक प्रतिको जिम्मेवारी बोध नै छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]