२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

नेपालको पक्षमा बोलेको भन्दै कोइरालामाथि खनिए भारतीय मिडिया

Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै भारतीय मिडिया बलिउड अभिनेत्री एवं नेपाली छोरी मनिषा कोइरालामाथि खनिएका छन्। नेपालको मन्त्रिपरिषद्ले नयाँ नक्सा स्वीकृत गरेपछि सोमबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ट्विट गर्दै नक्सा चाँडै जारी हुने बताएका थिए। उक्त ट्विट रिट्विट गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्,”हाम्रो सानो मुलुकको आत्मसम्मान कायम राखेकोमा धन्यबाद। हामी सबै अब तीनै महान राष्ट्रहरु बीच शान्तिपुर्ण र सम्मानजनक वार्ताको प्रतिक्षामा छौं।” उक्त ट्विटलाई लिएर भारतीय मिडियाले अभिनेत्री कोइरालामाथि तुच्छ भाषा प्रयोग गरेका हुन्स। भारतीय टेलिभिजन एबीपी न्युजले चीनको इशारामा ट्विट गरेको र नेपालको पक्ष लिएको आरोप लगाएको छ। भारतको नुन खाने अनी चीनको पक्षमा गाउने भन्दै एबीपी न्युजले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]