०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

सिमामा आईपुगेका १३ सय २५ जना नेपाली

Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

  बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दैआएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक हजार ३२५ जना छन् । सबैभन्दा धैरै दैलेखका ५०१ जना छन् । जमुनाह नाकाबाट नेपाल भित्रिएका नेपालीलाई आज बसमार्फत नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर लगत लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिनुभयो । उद्धार गरिएका व्यक्तिलाई लिन सम्बन्धित स्थानीय तहसँग गाडी माग गरिएको र यहाँबाट गएर सबैलाई आआफ्नो पालिकाले निर्माण गरेको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाउन थालिएको उहाँले बताउनुभयो । यसअघि यही जेठ २ गते एकैदिन भारतका विभिन्न क्वारेन्टिन तथा सीमाक्षेत्रमा बसेका ६८७ नेपालीलाई उद्धार गरी गृहजिल्ला पठाइएको थियो । बाँकेमा पछिल्लोपटक भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण बढी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!