२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

नेपालमा थप ३० जनामा कोरोना संक्रमण संक्रमितको कुल संख्या ४८७

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

एबिसी संचार
काठमाडौ जेठ ९ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ ।
मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसबाध चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् । कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]