०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

महामारीमा जोखिम उठाएर रिपोर्टिङ गर्ने पत्रकारलाई प्रोत्साहन गरौं हतोत्साहित होइन महासंघ अध्यक्ष: प्रियाशन

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

सागर थापा/बिदुर एमसी यतिखेर सारा संसार कोरोनाको महामारीले भयभित छ । हाम्रो देश नेपाल पनि विगत दुई महिनादेखि लक डाउनकाे मारमा परेको छ । यश लक डाउनका अवधिभर नागरिकहरु घरभित्र छन् । तिनै नागरिकहरुका सेवा सुरक्षाका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मिहरु घर बाहिर छन् । चाेकमा, कार्यक्षेत्रमा छन् । यस्तो विषम परिस्थितिमा हरेक अभाव झेलेर पनि निरन्तर रिपोर्टिङ गरेर देश र अाम नागरिकलाई सुसूचित गर्ने साहसिक पत्रकारहरुलाई प्रोत्साहन गर्नुपर्ने कुरामा जाेड दिन्छन नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियाशन । त्यसरी दिनरात खटेर अाफ्नाे दायित्व पूरा गर्ने सञ्चारकर्किहरु भनेका राष्ट्रका अमूल्य गहना हुन, उनलेे भने पत्रकारहरु घरमा बसेभने सूचनाको प्रवाह कसले गर्छ त ? उनलेे प्रतिप्रश्न गरे । अध्यक्ष प्रियाशनले भने यसरी रिपोर्टिङ गर्दा सुरक्षाका लागि सुरक्षा नीति भने अपनाउनु पर्छ । अहिलेको यस्तो अप्ठ्यारो अवस्थामा आम नागरिक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारको एकापसमा राम्रो समन्वय भएमा मात्र कोरोनाको महामारीका विरुद्ध लड्न सकिनेमा अध्यक्ष प्रियाशनकाे सुझाव थियोे ।नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दाङका अध्यक्ष प्रियाशनले पत्रकारहरु ५ नम्बर प्रदेशमा पर्ने कुनैपनि जिल्लामा गएर आफूले रिपोर्टिङ गर्न सकिने र रिपोर्टिङमा बाधा अवरोध पुर्याउने जोसुकैलाई पनि कानूनले दण्ड जरिवाना गर्ने जनाएका छन् । पत्रकार महासङ्घकाे जिल्लाकाे तर्फबाट जिल्लाभित्र रहेर जुनसुकै क्षेत्रबाट पनि पत्रकारिता गर्ने पत्रकारहरुसित राम्रो समन्वय भएको पनि उनले बताए । जिल्लामा सुरक्षा निकायसङ्ग समन्वय गरेर अन्य छिमेकी जिल्लाहरुका नागरिकहरुलाई एक ठाँउबाट अर्को ठाँउसम्म पुर्याउनमा पनि आफ्नो शाखाले सक्दो सहयोग गरेकोमा उनलेे सन्तोष व्यक्त गरे राजधानी काठमाडौंबाट सिधै प्रसारण हुने अाम अनलाइन सञ्चार माध्यमहरु र विशेषगरी खबर 24 नेपाल र एबिसी सञ्चारकर्मि सङ्ग दाङको घाेराहीमा भएको कुराकानी उनलेे यस्तो कुरा बताएका हुन् । लक डाउनका नाममा बाटो घाटाेमा ढुङ्गा मुढा तेर्साएर अावागमनमा बाधा पुर्याउनु घाेर असामाजिक कार्य भएको यस्तो नगर्न सबैलाई अाग्रह पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

काठमाडौं । जसरी मानिसका लागि मोटोपन समस्या हो, त्यसैगरी दुब्लोपन पनि । मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ । हिजोआज धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् । कसैलाई शरीरको वजन बढाउने ध्याउन्न छ त […]

error: Content is protected !!