०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७


एबिसी संचार
काठमाडौं मकवानपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका-६ कोल खहरे बस्ने ४८ वर्षीय काजिमान राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईले ती किशोरीलाई आफ्नै घरको कोठामा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सिरहा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका-३ राघोपुरस्थित रहेको बजरङ इँटा उद्योगमा काम गर्ने भारत घर भएका २० वर्षीय पिन्टु भन्ने रबि प्रकाश बर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बर्माले ती किशोरीलाई बैशाख ३० गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!