०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

सिमा नाकामा सशस्त्र बिओपी ४ किलोमीटर फरकमा रहने

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

काठमाडौं, सीमा नाकालगायत विभिन्न स्थानमा कोभिड-19 सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा सशस्त्र प्रहरी बल छ । कोरोना भाइरस (कोभिड-१९)लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटीलाई उच्च सतर्कतामा राखेर यसविरुद्धको अभियानमा सकृत रहेको छ । यस परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भई स्थानीय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद विपद् मा परेकाहरुको उद्धारमा सकृय रहन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
‘लक डाउन’मा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सशस्त्र प्रहरी बलले स्थानीयस्तरमा समेत जनचेतनामा अभिबृद्वि गर्न माईकिङ लगायत विभिन्न प्रयासहरु गरिरहेको छ । सशस्त्र प्रहरी बलको टोली देशका विभिन्न १६१ स्थानमा हेल्थ डेष्कमा खटिएको छ । जसमा कुल ५३० जना सशस्त्र प्रहरी कर्मचारी खटिएकाे बताइएकाे छ । स्थानीयस्तरमा उपलब्ध श्रोत साधनको उपयोग गरी मास्क उत्पादन गरी निःशुल्क वितरण, विभिन्न ठाउँहरुमा सावुन पानीको व्यवस्था, कोरोना भाईरसबाट जोगिने उपाय लेखिएका जनचेतनामूलक पर्चा पम्पलेट वितरण लगायतका कार्यहरु समेत गरिएकाे बताइन्छ ।
सीमा नाकाबाट आवतजावत नियन्त्रण, ‘लक डाउन’को वेवास्था गर्दै लापर्वाहीपूर्वक सडकमा निस्केका स्थानीय व्यक्ति तथा सवारी साधन नियन्त्रणलगायतका कार्यहरुमा समेत एपीएफ टोली परिचालन गरिएको छ । एपीएफ टोलीले स्थानीय प्रशासन तथा प्रहरीसँग समन्वयन गरी आफ्नो दायित्व निर्वाह गरिरहेकाे खबर छ । एपीएफ टोली सीमा नाका सुरक्षा, क्वारेन्टाईन सुरक्षा, हेल्थ डेष्कलगायत ‘इमिडियट रेस्पोन्स टिम’, चेक पोइन्ट, पिकेट, पैदल गस्ती, मोवाईल गस्ती, ‘क्वीक रिएक्सन टिम’ लगायतका ड्यूटीहरुमा परिचालित भइरहेको एपीएफ स्राेत बताउ छ ।
यसैगरी हरेक एपीएफ ईकाइहरुमा विपद्का बेला उद्धार कार्यका लागि एपीएफ टोली उच्च सतर्कतामा राखिएको पनि जानकारी हुन आएकाे छ । यसका लागि विभिन्न ८१ स्थानमा कुल १ हजार ६२ जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् । देशका विभिन्न १२ स्थानमा एम्बुलेन्स तथा स्वास्थ्यकर्मीसहित एपीएफ टोली परिचालित रहेको छ । सशस्त्र प्रहरी बलले कोरोना भाईरसबाट जोगिन आफ्ना सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई सचेत गराउनुकासाथै उनीहरुमार्फत उनीहरुका घर परिवार तथा छरछिमेकमा समेत सचेतना गराउने प्रयास गरेको छ ।
गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्याउने तयारी गरेको स्राेत बताउछ । गृहमन्त्री रामबहादुर थापा’बादल’ले दिएकाे निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले साे सम्बन्धी खाका तयार पारि गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेकाे हाे । हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी रहेकाे छ ।
नेपालतर्फको सिमानाकामा भारतकाे प्रत्येक २ किमीकाे फरकमा ५३० बिओपी रहेकोमा नेपालले पनि साेही अनुपातमा बिओपी थप्ने तयारी गरेकाे हाे । प्रस्ताव अनुसार साे संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको जानकारी हुन आएकाे छ । दरवन्दी थप भएमा हाल सरदर १५ किलोमिटरकाे दुरीमा रहेकाे बिओेपी त्यसपछि ३.५ किलोमिटर सिमामा रहनेछ ।
बिओपी थप सम्बन्धि गृहमन्त्रालयकाे छलफलमा गृहमन्त्री थापाले सीमा व्यवस्थापनकाे विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेकाे बताउँदै बिओेपी थप सम्बन्धी प्रस्ताव आफूले मन्त्रिपरिषदमा लैजाने र सशस्त्र प्रहरीले तयार पारेकाे प्रस्ताव राम्राे रहेकाे भन्दै बिओेपी रहने स्थान, आवश्यक पूर्वाधारलगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिएकाे स्राेत बताउछ ।
शान्त, समृद्ध र स्वाधीन नेपालका लागि सीमा व्यवस्थापन अनिवार्य शर्त रहेकाे बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताएकाे पनि जानकारी हुन आएकाे छ । तत्कालै वा चरणवद्ध रुपमा पाँच सय स्थानमै बिओेपी स्थापना प्रक्रिया अगाडि बढाईने गृह मन्त्रीले प्रतिवद्धता व्यक्त गरेकाे पनि स्राेत बताउछ ।
अहिले जटिल परिस्थितिमा खुल्ला आकास मुनि हावा हुरी, असिनापानीकाे सामान गर्दै सीमित , स्राेत र साधनका बाबजुद सीमामा काेराेना नियन्त्रणका लागि सुरक्षा निकायले खेलेकाे भूमिका प्रशंसनीय रहेकाे छ । गृहसचिव महेश्वर न्याैपानेले सीमाकाे विषय संवेदनशील विषय भएकोले सीमाबाट हुने अपराध, चाेरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुकाे विकल्प नरहेको बताएकाे सशस्त्र स्राेत बताउछ ।
गृहसचिवले भन्सारकाे १११ ठाउँमा रहेकाे जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएकाे जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगकाे समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिइएकाे स्राेत बताउछ। यसअघि सीमाक्षेत्रमा ८७ बिओपीमात्रै रहेकोमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालय सम्हालेपछि यसमा ठूलाे संख्यामा थप गरि १२० पुर्याइएको छ ।
त्यस्तै बिओपी संख्या २२१ पुर्याउने गृहमन्त्रीको प्रस्ताब मन्त्रिपरिषद्ले यसअघिनै पारित गरिसकेकाे छ । यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सीमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सीमामा थपिएको हाे । गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सीमामा पठाउन निर्देशन दिएसँगै अहिले ठूलाे संख्यामा सीमामा सशस्त्र प्रहरी बल खटिएका छन् ।
सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सीमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पाेस्ट बिस्तार गरिएको सशस्त्रले जनाएकाे छ । सशस्त्रले पेश गरेको योजना गृह हुँदै मन्त्रिपरिषदबाट स्वीकृत भए सीमामा साँढे ३ किलोमि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!