२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङको देउखुरीको राप्ती गाउँपालिका क्वारेन्टाइनमा ६९ जना बस्दै

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

सागर थापा
दाङ भारत र विभिन्न जिल्ला बाहिरबाट अाउने व्यक्तिहरूलाई राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा राखियोको छ शुक्रबार भारत र बिभाजनबाट अाएका ६९ जना मजदुरहरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । कपिलवस्तुबाट अाएका राप्ती गाउँपालिका वडा नम्बर ५ का १४ महिला र १५ पुरूष गरि २९ जनालाई बाल कल्याण अाधारभुत विद्यालय पहरूवाको क्वारेन्टाइनमा भर्ना गरिएको छ । त्यसै गरि भारतबाट अाएका वडा नम्बर ४ का २० जनालाई मावि माैरीघाटको क्वारेन्टाइनमा भर्ना गरिएको छ । त्यस्तै भारतबाट अाएका वडा नम्बर १,३ र ४ का १ महिला र १३ पुरूष गरि १४ जनालाई नवप्रतिभा अाधारभुत विद्यालय पाखापानीको क्वारेन्टाइनमा, भारतबाट अाएका वडा नम्बर १ का २ पुरूष र २ महिला गरि ४ जनालाई नेपाल राष्ट्रिय मावि भालुवाङको क्वारेन्टाइनमा र भारतबाट अाएका वडा नम्बर ५ र ७ का २ पुरूषलाई सर्वोदय मावि सिसहनियाँको क्वारेन्टाइनमा भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । उनीहरूलाई सिसहनियाँ र लालमटिया स्वास्थ्य चाैकीमा स्वास्थ्य चेकजाँच गरि क्वारेन्टाइनमा भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् । यसै बिच बिहीबार मात्रै भारतका विभिन्न ठाउँबाट अाएका ४४ जनालाई राप्ती गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा भर्ना गरिएको छ । जसमा ऐरावती अादर्श बहुमुखी क्याम्पस लालमटियामा वडा नम्बर २ का २ जना पुरूष,सर्वोदय मावि सिसहनियाँमा वडा नम्बर ५ र ७ का २ पुरूष,नवज्योती अाधारभुत विद्यालय सिरिचाैर मसुरीयामा वडा नम्बर ३ का १ जना पुरूष र अादर्श नमुना मावि लालमटियामा वडा नम्बर ९ का ३९ जना पुरूषलाई भर्ना गरिएको राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगत थापाले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]