०५ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

दाङको देउखुरीको राप्ती गाउँपालिका क्वारेन्टाइनमा ६९ जना बस्दै

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

सागर थापा
दाङ भारत र विभिन्न जिल्ला बाहिरबाट अाउने व्यक्तिहरूलाई राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा राखियोको छ शुक्रबार भारत र बिभाजनबाट अाएका ६९ जना मजदुरहरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । कपिलवस्तुबाट अाएका राप्ती गाउँपालिका वडा नम्बर ५ का १४ महिला र १५ पुरूष गरि २९ जनालाई बाल कल्याण अाधारभुत विद्यालय पहरूवाको क्वारेन्टाइनमा भर्ना गरिएको छ । त्यसै गरि भारतबाट अाएका वडा नम्बर ४ का २० जनालाई मावि माैरीघाटको क्वारेन्टाइनमा भर्ना गरिएको छ । त्यस्तै भारतबाट अाएका वडा नम्बर १,३ र ४ का १ महिला र १३ पुरूष गरि १४ जनालाई नवप्रतिभा अाधारभुत विद्यालय पाखापानीको क्वारेन्टाइनमा, भारतबाट अाएका वडा नम्बर १ का २ पुरूष र २ महिला गरि ४ जनालाई नेपाल राष्ट्रिय मावि भालुवाङको क्वारेन्टाइनमा र भारतबाट अाएका वडा नम्बर ५ र ७ का २ पुरूषलाई सर्वोदय मावि सिसहनियाँको क्वारेन्टाइनमा भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । उनीहरूलाई सिसहनियाँ र लालमटिया स्वास्थ्य चाैकीमा स्वास्थ्य चेकजाँच गरि क्वारेन्टाइनमा भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् । यसै बिच बिहीबार मात्रै भारतका विभिन्न ठाउँबाट अाएका ४४ जनालाई राप्ती गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा भर्ना गरिएको छ । जसमा ऐरावती अादर्श बहुमुखी क्याम्पस लालमटियामा वडा नम्बर २ का २ जना पुरूष,सर्वोदय मावि सिसहनियाँमा वडा नम्बर ५ र ७ का २ पुरूष,नवज्योती अाधारभुत विद्यालय सिरिचाैर मसुरीयामा वडा नम्बर ३ का १ जना पुरूष र अादर्श नमुना मावि लालमटियामा वडा नम्बर ९ का ३९ जना पुरूषलाई भर्ना गरिएको राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगत थापाले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!