२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

सर्वोच्चकी पहिलो महिला न्यायाधीश सिंहको निधन

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७


काठमाडौँ सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु) को उपचारका क्रममा निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो। उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको पहिलो महिला न्यायाधीश बनेकी थिइन्। उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन्। श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!