३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

दुई जिल्लामा रहेका एम्बुलेन्समा जिपीएस जडान

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

(एबिसी संचार)
सेवाग्राहीलाई छिटोछरितो ढङ्गले बेलैमा सेवा प्रदान गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको आयोजना र जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्समा जिपीएस जडान गरिँदै छ ।
कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक तथा जिल्ला एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षसमेत रहेका काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको समितिले जिल्लामा सञ्चालित सबै एम्बुलेन्सलाई ‘पार्टेशन’ गरेर कोभिड–१९ फ्रेण्डली बनाउनुका साथै जिपीएस जडान गरेर सेवाग्रहीलाई बेलैमा सेवा प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले सो अभियानलाई तीव्रता दिएको हो ।
नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवा प्रमुख भोजराज ओझाले अहिलेसम्ममा काभ्रेपलाञ्चोकका १७ र सिन्धुपाल्चोकका १४ एम्बुलेन्समा जिपीएस प्रविधि जडान गरिसकेको बताए । अहिले जिल्लामा सञ्चालित ३५ मध्ये पाँच एम्बुलेन्स सञ्चालनमा आएको भए पनि एम्बुलेन्स सञ्चालन समितिमा दर्ता नभएको पाइएको छ । त्यसका लागि विधानसहित निवेदन दिन आउन आग्रह गरेको समितिले जनाएको छ ।
सिन्धुपाल्चोकमा २७ एम्बुलेन्स छन् । प्रविधि जडान गर्ने क्रम बन्दाबन्दीका कारण निरन्तरता दिन नसकेको ओझाले बताए । ‘हामीले सबै एम्बुलेन्समा जिपीएस प्रविधि जडान गर्ने अभियानलाई तीव्रता दिँदै आएका छौँ, तर बन्दाबन्दीका कारण जडान गर्ने व्यक्ति आवतजावतमा समस्या भएकाले तत्काल सबैमा सम्भव भइरहेको छैन ओझाले भने ।
जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लाभर सञ्चालनमा रहेका ३० एम्बुलेन्समा कोभिड–१९ फ्रेण्डली बनाउनुका साथै ती सबैमा जिपीएस प्रविधि जडान गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा.नरेन्द्रकुमार झाले बताए । अब प्रविधि जडानभएपछि कुन एम्बुलेन्स कहाँ कस्तो अवस्थामा छ भन्ने कुरा पत्ता लगाउन सजिलो भएको जनाएको छ । दुवै संस्थाको समन्वयमा गत वैशाख २४ गतेबाट शुरु भएको अभियानको पहिलो दिनमा नै १३ एम्बुलेन्समा जिपीएस जडान गरको र बाँकीलाई निरन्तरता दिएको थियो ।
जिपीएसबाट कहाँ कुन ठाउँमा कतिको गतिमा गुड्यो भन्ने कुरा सबै जानकारी लिन सकिने भएकाले कसैले पनि ढाँटेर बस्ने र सेवा दिन हिचकिच्याहट गर्ने प्रवृत्तिको अन्त्य हुने नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवा प्रमुख ओझाले बताए । उनका अनुसार गुडिरहेको एम्बुलेन्स प्रत्येक १२ सेकेण्डमा कुन ठाउँमा कुन गतिमा गुडिरहेको छ भन्ने कुरा जानकारी लिन सजिलो भएको बताए ।
त्यसरी काम गरिरहेको केन्द्रले आम सर्वसाधारणको लागि १६६०११२२००० टोल फ्री नम्बर सार्वजनिक गरेको छ । जहाँबाट सेवाग्राहीले फोन गरे पनि कुन ठाउँबाट कसलाई सेवा चाहिएको हो, त्यही ठाउँको एम्बुलेन्समार्फत तत्काल सेवा दिन सकिने गरी दुई जनाले चौबीसै घण्टा सेवा दिने काम गरिरहेको ओझाले बताए ।
ती सबै प्रविधि जडान भएका एम्बुलेन्सको कन्ट्रोल धुलिखेल अस्पतालमा भइरहेको छ । अस्पतालमा डिस्प्ले सेन्टर भनेर दुई एलसिडी राखेर ती सबैको अनुगमन गरिरहेको छ ।
जिल्लामा भएकामध्ये चार ‘ख’ वर्गका चौविसै घण्टा सेवा दिने र अरु सबै ‘ग’ वर्गका रहेका छन् । त्यसरी प्रविधि जडान गर्ने एम्बुलेन्स काभ्रेपलाञ्चोकलगायत सिन्धुपालचोक जिल्लाको पनि छ । यसैबीच प्रत्येक स्थानीय तहको क्वारेन्टिन तथा सङ्क्रमितको स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी कार्यपालिकाको स्वास्थ्य संयोजकबाट हुने व्यवस्था मिलाउनका साथै स्थानीय तहका गठन भएको ‘प्यासेन्ट ट्रान्स्पोर्ट टीम’ पिटीटी तालिम उपलब्ध गराइसकेकाले उक्त टिमलाई पालिकाले तयारी अवस्थामा राख्नसमेत आग्रह गरेको डा.झाले बताए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!