२२ आश्विन २०८१, मंगलबार
08-10-2024 , Tue
×

अमेरिकी राष्ट्रपति ट्रम्पले बन्द रहेका चर्चहरु पुनः संचालन गर्न निर्देशन

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुन संचालन गर्न निर्देशन दिएका छन । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उहाँले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिनुभएको हो ।
चर्चहरुलाई उहाँले अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उल्लेख पनि गर्नुभएको छ । यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन पनि उहाँले सूचित गर्नुभएको छ ।“सरकारले अत्यावश्यक परेका कामहरुलाई रोकतोक गरेको छैन, ठिक समयमा ठिक ठाउँमा ठिक काम गर्न सरकारले स्विकृति दिन्छ, पुजापाठ सम्वन्धी काम पनि अत्यावश्यक काम अन्तर्गत पर्दछन््, त्यसैले चर्चहरु खोल्न दिनुपर्दछ,” पत्रकार सम्मेलनमा ट्रम्पले भन्नुभयो ।
राष्ट्रपति ट्रम्पले जवरजस्त मुलुकलाई खुल्ला गर्न खोजेको टिप्पणी धेरैले गरेका छन् । उहाँले लकडाउन लगाउनका लागि अमेरिका बनेको हैन भन्दै लकडाउन लगाउन अस्विकार गर्दै आउनु भएको छ । तैपनि आफै बन्द भएका वा स्थानीय प्रशासनले बन्द गराएका व्यापार, व्यवसाय, कार्यालय आदी विस्तारै खोल्ने तर्फ उहाँले प्रेरित गर्दै आउनु भएको छ ।
कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि झण्डै दुई महिनादेखि सुस्ताएको आर्थिक गतिविधिहरुलाई पुनः सूचारु गर्नु पर्नेमा ट्रम्को जोड रहेको छ । उहाँले लामो समयसम्म बन्द गर्दा सवै तिरको आर्थिक पक्षमा समेत नराम्रोसँग असर पर्ने भएकाले बन्द गरेर मात्रै बस्न नहुने उहाँको भनाई छ ।
राष्ट्रपति ट्रम्पको निर्देशनपछि उहाँको निर्देशनलाई पछ्याउदै देशको रोग नियन्त्रण तथा न्युनिकरण केन्द्रले नयाँ निर्देशिका पनि जारी गरेको छ। निर्देशिकामा न्युन संख्यामा उपस्थित हुनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने, उच्च स्वास्थ्य सतर्कता अपनाउनु पर्ने, मास्क, सेनिटाइजर, पञ्जा आदीको प्रयोग गर्नु पर्ने लगायतका सर्तहरु पनि उल्लेख गरिएको छ।
स्वास्थ्य अधिकारीहरुले सामन्यतया सार्वजनिक स्थलहरुमा दश जनाभन्दा बढी मानिसको भिडभाग हुन नदिन पनि सुझाव दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आयोजित समारोह बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. अरूण जोशी, सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. संजिब […]

काठमाडौं । नेपाल प्रहरीका अवकाश एसपी राजेन्द्र बाबू रेग्मीको लेख जस्ताको त्यस्तै १- निर्णय क्षमताको अभाब। २-गृहमन्त्रालय र सुरक्षा निकायहरू बिच कमजोर समन्वय । ३- मन्त्रालयले दिएको आदेशलाई समेत मातहतले कार्यान्वन नगरेको अबस्था । ४- गलत सुचनाको प्रबाह । ५-गृहमन्त्रालय र मातहत निकायमा चुलिएको राजनैतिक हस्तक्षेप। ६- गृह मन्त्रालय सिमित घेराबाट संचालित ७-उद्दार कार्यमा गृह […]

  काठमाडौं जिल्ला म.न.पा. १४ कलंकी स्थित शंकास्पद कारोबार भई रहेको भन्ने सुचनाको आधारमा यस जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा गई निग्रानी गर्दा साबित्री वलीले श्रोत नखुलेको १५ लाख रकम बैंकमा जम्मा गर्न बोकी हिडेको अवस्थामा फेला पारी बरामद गरी नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम भारतिय नागरिकको रहेको र […]

error: Content is protected !!