२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लकडाउनको बेला AIG ले गास खोसे प्रहरी जवानको आरोप

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

काठमाडौं प्रहरी प्रधान कार्यालयको मानवश्रोत विभागमा कार्यरत प्रहरी अतिरिक्त्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई सवारी महाशाखामा कार्यरत प्रहरी जवानहरुले आफ्नो गाँस खोसेको आरोप लगाएका छन् ।कोरोनाको महामारीको समयमा अहोरात्र देश र जनताको सेवामा खटिएका प्रहरी जवानहरुको मनोवल उकास्नुको साटो उनीहरुलाई खानाबाट नै बन्चित गरेपछि एआईजी थापाको चौतर्फी विरोध हुन थालेको छ। विगत डेढ वर्षदेखि कार्यदलमा खाना खाँदै आएका करिब ३० जना जवानहरुको खाना एआइईजी थापाकै आदेशमा रोकिएको नाम सार्वजनिक नगर्ने शर्तमा एक प्रहरी जवानले बताएका छन्। “सवारी महाशाखाको खाना गुणस्तरहीन भएपछि हामीले पटक पटक हाकिम साबलाई उजुरी गरेका थियौं। तर उहाँबाट कुनै सुनुवाई नभएपछि हामीले कार्यदलमा खाना खाँदै आएका थियौं।हामीले आफ्नो पैसा तिरेर खाने हो जहाँ मिठो हुन्छ त्यहिँ खान्छौं। तर एआईजी जस्तो मान्छेले हाम्रो खाना ठाडो आदेशमा रोकिदिनु भयो” अर्का एक एसएसपीका सवारी चालक बताउँछन्। यस विषयमा प्रहरी प्रधान कार्यालयमा बुझ्दा कोरोनाको कारण देखाएपनि त्यसभित्र कमिसनको खेल रहेको पाइएको छ । क्यान्टिनमा खाना खानेको न्यूनतम कोटा पूरा भएपछि सवारी महाशाखाका प्रमुख एसएसपी नरोत्तमलाल प्रधानलाई कोर्टमास्टरले कमिशन दिने गरेको स्रोतले बताएको छ। करिव ३० जनाले खाना नखाईदिँदा न्युनतम कोटा पुरा नभएपछि एसएसपीले कमिसन पाइरहेका थिएनन्। आफूले कमिसन नपाएको झोंकमा एसएसपी प्रधानले कोरोना महामारीको त्रास देखाउँदै एआईजी थापालाई कुरा लगाएका थिए । अरुको कुरा बढी सुन्ने स्वभावका एआईजी थापाले कार्यदलका एसपी वेध विष्टलाई ठाडो निर्देशन दिँदै खाना रोक्ने आदेश दिएका छन् । सवारी महाशाखामा कार्यरत करिव ३० जना जवानहरुले चिउराको भरमा डिउटी गरेपछि यो खबरले प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालयसम्म हंगामा मच्चिएको छ।सभार पाथीभरा डेलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!