१४ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

लकडाउनको ६१ औं दिन काठमाडौं उपत्यकामा थप कडाई

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

काठमाडौं कोरोना भाइरस (कोभिड—१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनको ६१ दिन पुगेको छ। गत चैत ११ गतेबाट जारी गरिएको लक डाउन पटक पटक समय थप गर्दै जेठ २० गतेसम्म पु¥याइएको छ। लक डाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी सञ्चालनमा रहेपछि भित्रि सडकहरु सुनसान जस्तै देखिएका छन्। अत्यावश्यक सवारीहरु भित्रि सडकमा पनि गुडेका छन् तर न्यून मात्रामा। चोक चोकमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ। उपत्यकाको भित्रि क्षेत्रमा रहेका प्रायः सटरहरु बन्द रहेका छन्। विहान र बेलुकीको निश्चित समयमा खाद्यान्न र तरकारी पसल सञ्चालनमा रहेपनि दिउँसो समयमा भने पूर्ण रुपमा बन्द छन्। पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा कडाई गरेको छ। पास वितरणमा कडाई गर्नुका साथै उपत्यका छिर्ने सवारीसाधन र व्यक्तिहरुको चेकजाँचमा पनि कडाई गरेको छ। उपत्यकामा पनि संक्रमितको संख्या बढ्दै गएपछि सतर्कता बढाउन सरकारले सम्पूर्णमा आग्रह गरेको छ । भित्रि गल्लिहरुमा स्थानीयहरुले नै अपरित व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । साँझपखको समयमा उपत्यका पूर्ण सुनसान देखिन्छ। केही ठाउँमा सडकबत्ति र होडिङ बोर्डहरु बलेको देखिएपनि सडकमा प्रायः गाडी देखिँदैनन्। अत्यावश्यक सेवाका सवारी साधन र सुरक्षाकर्मीका सवारी साधन बढी देखिन्छन । रातिको समयमा पनि ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरुले सुरक्षा जाँचलाई पनि निरन्तरता दिएको पाइएको छ। सरकारले चैत ११ गते पहिलो पटक एक साताका लागि लक डाउन घोषणा गरेको थियो। त्यसपछि एक साता समय थप गर्दै चैत २५ गतेसम्म लक डाउन गरियो। त्यसपछि तेस्रो पटक मिति थप्दै वैशाख ३ गतेसम्म लम्बिएको लक डाउनलाई चौथो पटक १२ दिन थपेर वैशाख १५ गतेसम्म पु¥याइयो। त्यसपछि पुनः १० दिनका लागि लक डाउन थप भएर बैशाख २५ सम्म पुग्यो र सरकारले छैटौँ पटक जेठ ५ गतेसम्म लक डाउनको अवधि थप्यो। संक्रमणको दर बढ्दै गएपछि सरकारले जेठ २० गतेसम्म पुनः लक डाउनको अवधि बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सुनौली-बेलहिया भनेको नेपाल-भारतको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय नाका हो। दैनिक हजारौं पर्यटक, व्यापारी, एम्बुलेन्स, गाडी यही बाटोबाट जान्छन्। त्यस्तो नाकाको बाटो १ महिना “अलपत्र” पारेर राख्नु कुनै पनि हिसाबले उचित होइन। १ महिना सडक अलपत्र राख्दाको समस्या पर्यटकको छवि बिग्रिन्छ विदेशी पाहुनाले नेपाल छिर्नासाथै धुलो, खाल्डो, जाम भेट्छन्। “नेपाल आयो” भन्ने पहिलो अनुभूति नै […]

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

error: Content is protected !!