०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

नेपाल प्रहरीको २८ औ IGP को हुने ? क्षेत्री र पाल

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

(एबिसी क्राईम ब्युरो) काठमाडौं नेपाल प्रहरीमा २८ औं महानिरीक्षकको लागि दौडधुप सुरु भएको छ । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले २५ असारबाट अवकाश पाउने भएकाले डेढ महिनाअघिबाट आकांक्षीहरुको शक्तिकेन्द्रहरुसँग भेटघाटका श्रृंखला बढेको छ ।
यसपटक नयाँ महानिरीक्षकका लागि यसपटक दुई जनाबीच मात्र प्रतिस्पर्धा छ । एआईजीहरु शैलेश थापा क्षेत्री र हरि बहादुर पाल २८ औं महानिरीक्षकको प्रतिस्पर्धामा छन् । लकडाउनकै अवधिमा दुवै जनाले राजनीतिक भेटघाट बढाउन थालेको स्रोत बताउँछ ।
गत चैतमा भएको एआईजी बढुवामा क्षेत्री पहिलो तथा पाल दोस्रो नम्बरमा परेका थिए । पहिलो नम्बरमा भएकाले क्षेत्रीलाई केही सहजता देखिन्छ तर उनलाई नेकपाको राजनीतिक नेतृत्वले विश्वास नगरेको चर्चा प्रहरी वृत्तमा छ ।
व्यवसायिक अधिकृतको छवी बनाएका क्षेत्री पछिल्लो समय नेकपाका नेताहरुसँग सम्बन्ध बनाउने प्रयासमा छन् । भक्तपुरका स्थानीय भएकाले महेश बस्नेत लगायत मार्फत उनले नेकपा नेतृत्वलाई विश्वासमा लिने प्रयास गरेको स्रोत बताउँछ । तर, गृहमन्त्री रामबहादुर थापा नै उनको कार्यशैलीसँग असन्तुष्ट रहेको स्रोत बताउँछ । इमान्दार भएपनि लिडरशीप क्षमता कमजोर भएको आरोप उनीमाथि लाग्ने गरेको छ ।
एआईजीको पालको भने नेकपाका धेरै नेताहरुसँग राम्रो सम्बन्ध छ । प्रधानमन्त्रीकै इच्छाअनुसार डिआईजी बढुवामै उनलाई चौथोबाट दोस्रो नम्बरमा पारिएको स्रोत बताउँछ । तर, एआईजी बढुवामा भने उनी पहिलो नम्बरमा आउन सकेनन् । दोस्रो नम्बरमा एआईजी भएकाले आईजिपी बन्न उनलाई केही गाह्रो हुने देखिन्छ । केही व्यवसायिक घरानासँग निकट भएको आरोप उनीमाथि लाग्ने गरेको छ ।
आईजिपी बढुवामा कार्यक्षमता लगायतका विषय भन्दा सरकारले विश्वास गरेको व्यक्तिलाई नियुक्त गर्ने अधिकार कानूनले दिएको छ । जसकारण अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ । दुईमध्ये ओली र प्रचण्डको मन जित्ने व्यक्ति नै २८ औं महानिरीक्षक हुने निश्चित छ । तर, देशको अवस्था असामान्य भएकाले प्रहरी नियमावली संशोधन गरेर वर्तमान प्रहरी महानिरीक्षककै कार्यकाल थप हुन पनि सक्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।
आईजिपीसँगै एआईजी बढुवामा पनि धेरैको चासो छ । असारपछि एआईजीका दुई पद रिक्त हुँदैछन् । जसमा कार्यक्षमता र बरिष्ठताका आधारमा निरज शाही र प्रद्युम्न कार्की हुनुपर्ने हो । तर, जुनियर ब्याचका डिआईजीहरु पनि असारमा एआईजी हुने दौडमा छन् । खासगरी डिआईजी विश्जराज पोखरेल जसरी पनि असारमा एआईजी हुने दाउमा छन् । असारमा एआईजी नभए उमेरहदका कारण डिआईजीबाटै अवकाश पाउने र एआईजी भए दुई वर्षपछि आईजिपी पक्का जस्तै हुने भएकाले उनी लागेका हुन् ।
त्यसो त गत चैतमा नै एआईजी हुने र असारमा आईजिपी हुने उनको दाउ थियो । शैलेश थापाको ब्याच उनीविरुद्ध एकजुट भएपछि उनी असफल भएका थिए । यसपटक भने उनकै ब्याच उनलाई बढुवा हुनबाट रोक्ने रणनीतिमा लागेको स्रोत बताउँछ । यसपटक उनलाई एआईजी हुन रोकेमा ब्याचका अन्य अधिकृतहरु समेत पछि आईजिपीको प्रतिस्पर्धामा हुनेछन् । जसमा सहकुल थापा, धिरजप्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा लगायत छन् । यही कारण उनीहरु पोखरेलविरुद्ध एकजुट हुने सम्भावना छ सभार दृष्टि न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!