२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

टिपरमा धमाधम मान्छे ओसार्दै स्थानीय तह यातायात ब्यवसायीसंग भएन समन्वय

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७


(सागर थापा) दाङ भालुवाङ भारतका बिभिन्न ठाउबाट आएर सिमानाकामा फसेका प्यूठानीहरुलाई उद्दार गर्नका लागि जिल्लाका स्थानीय तहले यातायात ब्यबासायीसंग समन्वय नगरेको पाईएको छ।
जिल्लामा दुई वटा यातायात ब्यबसाय समिती भएपनी बस ब्याबस्थापनका लागी अहिले सम्म प्रभावकारी समन्वय हुन सकेको छैन। सिमाक्षेत्र सम्म गाडी पठाएरै स्थानिय सरकारहरुले बिगत ६ दिन देखि आफ्ना नागरिकहरु ल्याउने काम गरेका छन। तर,जिल्लाका नौ वटा स्थानिय तहमध्ये धेरैजसोले यातायात ब्यबासायीसंग समन्वय गरेका छैन्न। जिल्लामा दुई वटा यातायात ब्यबसायी समिती भएपनी उनिहरुसंग बस ब्याबस्थापनका लागी स्थानिय सरकारको अहिले सम्म प्रभावकारी समन्वय हुन सकेको छैन । जिल्लाका स्थानीय तहले सिमाक्षेत्र सम्म नै फोहोर बोक्ने गाडि, ट्र्क,टिप्पर र ट्याक्टरमा मान्छेहरु खचाखच भरेर ओसार्ने काम गरिरहेका छन। लकडाउनले खाली बसेका बस, जिपहरुलाई परिचालन गर्नेतर्फ सम्वन्य गरेका छैनन् । बसहरु जान नमान्दा टिप्पर पठाएरै भएपनी नागरिकहरुको उद्धार गर्न थालिएको स्थानिय सरकारका प्रतिनिधीहरुले प्रतिक्रीया दिने गरेका छन।
स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानका महासचिव कुमार श्रेष्ठले अहिलेसम्म कसैले पनि गाडी चाहियो भनेर समितीलाई आधिकारिक सम्पर्क नगरेको बताए। ‘प्रजिअ र मल्लरानी गाउपालिकाले आज साँझ मात्र गाडी चाहियो भन्नुभएको छ,संख्या खुलाउनुभएको छैन।’श्रेष्ठले भन्नुभयो,’जिल्लाबासीलाई ल्याउनका लागि गाडी परिचालन गर्न समिति तयार छ।’‘गाडी चालकलाई पिपिई सेट सहितका सुरक्षा सामाग्री दिएर सुरक्षित महशुस गराउनसके गाडी पठाउन तयार रहेको उनले बताए।’गाडि जान मान्दैन्न भनेर लगाईएको आरोप झुठो हो।’ उनले भने,’ स्थानिय तहहरुले हामिसंग समन्वय नै गर्नुभएको छैन।’नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले भारतबाट अाउने प्युठानबासीलाई टिप्पर र ट्रयाक्टरमा अाउने अबस्था सिर्जना हुनु दुखकाे कुरा भएको बताउदै तत्काल अाबस्यक सबारी साधनकाे सूची जिल्लाका यातायात समितिलाई उपलब्ध गराउन सबै स्थानीय तहलाई अाग्रह गरे । याे रमिता हेर्ने समय नभएको भन्दै एक अापसमा अाबश्यक्ताअनुसार समन्वय गर्न तथा हातेमालो गर्न पनि कांग्रेस सचिव बर्माले अाग्रह गरेका छन् ।कामना डेलिसंग टेलिफोनमा कुराकानी गर्दै उनले सिमामा आई अलपत्र परेकाहरुलाई ड्ब्लुएचओद्धारा घोषित मान्यता अनुसार सामाजिक दुरी कायम राखी सुबिधायुक्त बसहरुबाट ल्याउनुपर्ने बताए। सरोकारवालाले यातायात ब्याबसायीसंग समन्वय नगरेकोमा दुख प्रकट गर्दै तत्काल स्थानिय तहलाई कति गाडी चाहिने हो सो बिषयमा दुबै यातायात समितीलाई संबेदनशिल हुन बर्माले अनुरोध गरे । शनिबार सम्म एक हजार बढी नागरिकलाई जिल्ला भित्राईएको छ। भारतबाट असुरक्षित रुपमा जिल्लाबासी भित्रिएपछि थप जोखिम भएको स्थानीयहरुको गुनासो छ कामनाडेलिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!