२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

टिपरमा धमाधम मान्छे ओसार्दै स्थानीय तह यातायात ब्यवसायीसंग भएन समन्वय

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

(सागर थापा) दाङ भालुवाङ भारतका बिभिन्न ठाउबाट आएर सिमानाकामा फसेका प्यूठानीहरुलाई उद्दार गर्नका लागि जिल्लाका स्थानीय तहले यातायात ब्यबासायीसंग समन्वय नगरेको पाईएको छ।
जिल्लामा दुई वटा यातायात ब्यबसाय समिती भएपनी बस ब्याबस्थापनका लागी अहिले सम्म प्रभावकारी समन्वय हुन सकेको छैन। सिमाक्षेत्र सम्म गाडी पठाएरै स्थानिय सरकारहरुले बिगत ६ दिन देखि आफ्ना नागरिकहरु ल्याउने काम गरेका छन। तर,जिल्लाका नौ वटा स्थानिय तहमध्ये धेरैजसोले यातायात ब्यबासायीसंग समन्वय गरेका छैन्न। जिल्लामा दुई वटा यातायात ब्यबसायी समिती भएपनी उनिहरुसंग बस ब्याबस्थापनका लागी स्थानिय सरकारको अहिले सम्म प्रभावकारी समन्वय हुन सकेको छैन । जिल्लाका स्थानीय तहले सिमाक्षेत्र सम्म नै फोहोर बोक्ने गाडि, ट्र्क,टिप्पर र ट्याक्टरमा मान्छेहरु खचाखच भरेर ओसार्ने काम गरिरहेका छन। लकडाउनले खाली बसेका बस, जिपहरुलाई परिचालन गर्नेतर्फ सम्वन्य गरेका छैनन् । बसहरु जान नमान्दा टिप्पर पठाएरै भएपनी नागरिकहरुको उद्धार गर्न थालिएको स्थानिय सरकारका प्रतिनिधीहरुले प्रतिक्रीया दिने गरेका छन।
स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानका महासचिव कुमार श्रेष्ठले अहिलेसम्म कसैले पनि गाडी चाहियो भनेर समितीलाई आधिकारिक सम्पर्क नगरेको बताए। ‘प्रजिअ र मल्लरानी गाउपालिकाले आज साँझ मात्र गाडी चाहियो भन्नुभएको छ,संख्या खुलाउनुभएको छैन।’श्रेष्ठले भन्नुभयो,’जिल्लाबासीलाई ल्याउनका लागि गाडी परिचालन गर्न समिति तयार छ।’‘गाडी चालकलाई पिपिई सेट सहितका सुरक्षा सामाग्री दिएर सुरक्षित महशुस गराउनसके गाडी पठाउन तयार रहेको उनले बताए।’गाडि जान मान्दैन्न भनेर लगाईएको आरोप झुठो हो।’ उनले भने,’ स्थानिय तहहरुले हामिसंग समन्वय नै गर्नुभएको छैन।’नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले भारतबाट अाउने प्युठानबासीलाई टिप्पर र ट्रयाक्टरमा अाउने अबस्था सिर्जना हुनु दुखकाे कुरा भएको बताउदै तत्काल अाबस्यक सबारी साधनकाे सूची जिल्लाका यातायात समितिलाई उपलब्ध गराउन सबै स्थानीय तहलाई अाग्रह गरे । याे रमिता हेर्ने समय नभएको भन्दै एक अापसमा अाबश्यक्ताअनुसार समन्वय गर्न तथा हातेमालो गर्न पनि कांग्रेस सचिव बर्माले अाग्रह गरेका छन् ।कामना डेलिसंग टेलिफोनमा कुराकानी गर्दै उनले सिमामा आई अलपत्र परेकाहरुलाई ड्ब्लुएचओद्धारा घोषित मान्यता अनुसार सामाजिक दुरी कायम राखी सुबिधायुक्त बसहरुबाट ल्याउनुपर्ने बताए। सरोकारवालाले यातायात ब्याबसायीसंग समन्वय नगरेकोमा दुख प्रकट गर्दै तत्काल स्थानिय तहलाई कति गाडी चाहिने हो सो बिषयमा दुबै यातायात समितीलाई संबेदनशिल हुन बर्माले अनुरोध गरे । शनिबार सम्म एक हजार बढी नागरिकलाई जिल्ला भित्राईएको छ। भारतबाट असुरक्षित रुपमा जिल्लाबासी भित्रिएपछि थप जोखिम भएको स्थानीयहरुको गुनासो छ कामनाडेलिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!